मंगलबार, असार ९, २०८३

राज्यबाट मधेशका मुद्दा सम्बोधन हुनुपर्छ : अध्यक्ष ठाकुर

आफ्नो दलले यो समस्या यथाशक्य चाँडो सम्बोधन होस् भन्ने चाहिरहेको उनको भनाइ छ।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

महोत्तरी- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेशका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताएका छन्।

National life

महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले चुनावी अभियानबीच बिहीबार नागरिकताविहीन अवस्था आउन नदिन आफूले अनवरत प्रयास गरिरहेको बताए।

उनले भने, ‘हामीले संविधान लेखन र घोषणाकै बेलादेखि मधेश मुद्दा सम्बोधन भएन भनेर असहमति राख्दै आएका छौं। यी मुद्दा पूर्ण सम्बोधन नहोउञ्जेल हाम्रो आन्दोलन जारी रहनेछ।’

अध्यक्ष ठाकुरका अनुसार यसअघिको सरकारले नागरिकता समस्या सम्बोधनको प्रयत्न गरेको देखाए पनि यसभित्र कुटिल दलीय अहंकारको प्रवेशले समाधान हुन सकेन। आफ्नो दलले यो समस्या यथाशक्य चाँडो सम्बोधन होस् भन्ने चाहिरहेको उनको भनाइ छ। 

आफूले निर्वाचन अभियानका क्रममा आम मतदाताबाट उच्च समर्थन पाइरहेको हुँदा जीतमा संशय नरहेको उनको भनाइ छ। हालको ५ दलीय सत्ता गठबन्धनका उम्मेदवार ठाकुरका पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन जनाएका छन्। 

Shivam cement

महोत्तरी–३ मा मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि ९९ हजार ९३० मतदाता छन्। निर्वाचनमा प्रतिनिधि सभाका लागि यस क्षेत्रबाट ३ महिलासहित २१ उम्मेदवार छन्। यसमा स्वतन्त्रको संख्या १० छ।

क्षेत्रभरमा ७८ मतदानस्थलमा १२९ मतदान केन्द्र रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ।


प्रकाशित: Nov 17, 2022| 19:12 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...