बुधबार, असार १०, २०८३

पाल्पा २ मा पूर्वसहकर्मीबीच कडा प्रतिस्पर्धा

नेकपा (एमाले) मा रहेर सँगै राजनीतिक यात्रामा रहेका सहकर्मी सोमप्रसाद पाण्डेय र ठाकुरप्रसाद गैरेबीचको चुनावी प्रतिस्पर्धाले आम मतदातामा उत्सुकता छाएको छ।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

रामपुर– चुनावको सरगर्मी तातेका बेला पाल्पाको क्षेत्र नं २ मा यस पटकको निर्वाचनमा मतदाताको ध्यान तानिएको छ। दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं २ को निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। यहाँ प्रतिनिधिसभा सदस्यमा पूर्वसहकर्मीबीचको चुनावी प्रतिस्पर्धा छ। 

National life

नेकपा (एमाले) मा रहेर सँगै राजनीतिक यात्रामा रहेका सहकर्मी सोमप्रसाद पाण्डेय र ठाकुरप्रसाद गैरेबीचको चुनावी प्रतिस्पर्धाले आम मतदातामा उत्सुकता छाएको छ। तीन दशकदेखि नेकपा (एमाले) मा रहेर सँगै राजनीतिक यात्रामा निस्केका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। पाण्डेय लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार हुन् भने गैरेले एमालेबाट उम्मेदवारी दिएका छन्।

गठबन्धनका उम्मेदवार पाण्डेयले विसं २०५१ देखि हालसम्म पाँच पटक उम्मेदवार भएकामा चार पटक निर्वाचित भई संसद्मा नेतृत्व गरिसकेका छन्। विसं २०६४ को संविधानसभा निर्वाचनमा भने उनी नेकपा माओवादीकी उम्मेदवार लीला सोमैसँग पराजित भएका थिए।

तीन दशकसम्म राजनीतिमा अनवरतरूपमा लागेका गैरेले एमालेबाट पहिलो पटक आसन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने अवसर पाएका छन्। गैरे नयाँ उम्मेदवार हुन्। मतदाताले नयाँ र सक्षम व्यक्तिको नेतृत्व चाहेको र जनताको हरेक सुख दुःखमा आफू राम्रोसँग घुलमिल भएकाले यस पटक राम्रो मतका साथ विजयी हासिल गर्ने उनले बताए।

 गठबन्धनका उम्मेदवार पाण्डेय यसभन्दा अघिका निर्वाचनमा आफ्नो कार्यशैली र योगदान बुझेर जनताले संसद्मा नेतृत्व गर्ने अवसर दिएकाले यस पटक पनि आफूले उम्मेदवारी दिएको बताउँछन्। यसभन्दा अघि आफू नेतृत्वमा रहँदा जनताका अधिकांश समस्या सम्बोधन गरेकाले यस पटक पनि भारी मतले निर्वाचन जित्ने उनको दाबी छ।

Shivam cement

उनले सिद्धबाबा सडकको सुरुङमार्ग निर्माणका लागि संसद्देखि सडकमा आवाज उठाउँदै आएको र जोखिमपूर्ण सडकमा सुरुङमार्ग बनाउने काम चार महिनादेखि अगाडि बढेको, तानसेन बुटवल सडकलाई विस्तार गरी चार लेनको सडक बनाउने, शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगारलगायतका चुनावी योजना ल्याएका छन्।

पाल्पाको विकासमा २०५१ देखि नै प्राथमिकता दिएर काम गर्दै आएको र जिल्लाको पर्यटन विकास, एमालेमा रहँदा मदनपोखरा पोलिटेक्निकल आफ्नै पहलमा जिल्लामा आएको, तानसेनको पहिचान विश्वव्यापी बनाई पर्यटकीय गतिविधि बढाउन टाढा टाढाबाट देखिने गरी तानसेन होर्डिङ बोर्ड निर्माण, हार्थोकदेखि छहरासम्मको बाटो विस्तारलगायतका क्षेत्रमा आफूले काम गरेको उम्मेदवार पाण्डेयले बताए।

अस्तव्यस्त बनेका सडकलाई व्यवस्थित बनाउने, युवा स्वरोजगार, कृषि उद्यमशीलता, सम्भावना बोकेका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, जिल्लामा रहेका अधुरा योजना पूरा गर्ने जस्ता योजना जनतामाझ लिएर आएको उम्मेदवार गैरेले बताए।

पाल्पा क्षेत्र नम्बर २ बाट गठबन्धनका पाण्डेय, एमालेका गैरेसहित जनसमाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मङ्गोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका ताराबहादुर खत्री, जनता समाजवादी पार्टीका दुर्पता सोमै र स्वतन्त्रबाट उपेन्द्रराज गैरे र जीवलाल सुवेदी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। 

पाल्पा क्षेत्र नंं २ मा भएका छ वटा निर्वाचनमा नेपाली कांग्रेसले २०४८ र २०७० मा गरी दुई पटक, एमालेले २०५१, २०५६, २०६४ र २०७४ मा विजयी हासिल गरेको थियो। पाँचवटा स्थानीय तह रहेको पाल्पा क्षेत्र नंं २ मा २०७४ मा बगनासकाली, रैनादेवीछहरामा नेपाली कांग्रेस, तानसेन, रिब्दीकोट र तिनाउँमा एमालेले विजयी हासिल गरेको थियो भने स्थानीय निर्वाचन २०७९ मा गठबन्धनले तीनवटा र एमालेले दुईवटा पालिकामा जित हासिल गरेका छन्। 

पाल्पा क्षेत्र नंं २ मा ४४ वटा वडामा १६ वडामा एमाले र २८ वटा वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको गठबन्धनले जित हासिल गरेको छ। वडाध्यक्षको मतको आधारमा नेकपा एमालेको ३० हजार पाँच सय ३६, नेपाली कांग्रेसले २९ हजार ३९, माओवादी केन्द्रले चार हजार तीन सय १३, एकीकृत समाजवादीले चार सय ३३ मत र राष्ट्रिय जनमोर्चाले आठ सय ८४ मत पाएको छ । पाल्पा क्षेत्र नंं २ मा एक लाख पाँच हजार दुई सय ९३ जना मतदाता छन्। -रासस

प्रकाशित: Nov 17, 2022| 21:00 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...