शनिबार, चैत १४, २०८२

सन्दीपको अर्धशतक, भारतलाई १५७ रनको लक्ष्य प्रस्तुत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-भारतमा जारी चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ए टोलीलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ । लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १५६ रन बनाएको थियो । 

यो भारतका लागि  मध्यम लक्ष्य हो  । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङस खेले । यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे । भारतका अजय देव गड र याई डी माङवानीले ४–४ विकेट लिए  । 

पहिलो खेलमा पराजित भोगेको नेपाल भारतको ए टिमविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको हो । सिरिज दोस्रो चरणमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब समेत रहेको छ । 

पहिलो खेलमा नेपाल भारतको यू–१९ को ’बि’ टिमसंग ४० रनले पराजित भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।