आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीलाई एमालेमा गम लगाएर टाँसे पनि प्रचण्ड उप्किएपछि वामपन्थी कमजोर : अध्यक्ष ओली

माओवादीलाई एमालेमा गम लगाएर टाँसे पनि प्रचण्ड उप्किएपछि वामपन्थी कमजोर : अध्यक्ष ओली

प्रचण्ड एक ठाउँ टिक्न नसक्ने हुँदा रोल्पा, काठमाडौं, सिरहा, चितवन हुँदै गोरखा भागेको ओली आरोप।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण वामपन्थी शक्ति कमजोर भएको बताएका छन्। बिहीबार झापा क्षेत्र–१ को चुनावीसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डकै कारण आफूले धोका पाएको बताएका हुन्।

National life

उनले भने, ‘माओवादीलाई जोरजाम गरेर एमालेमा गम लगाएर टाँसेको थिएँ। प्रचण्ड पलक्क उप्किए। प्रचण्ड उप्किए पनि थुप्रै माओवादी साथी एमालेमै रहेकाले उनीहरूलाई धन्यवाद दिन चाहन्छु।’ 

ओलीले प्रचण्ड एउटा निर्वाचन क्षेत्रमा टिक्नै नसक्ने अवस्थामा पुगेको दाबी गरे। ‘प्रचण्ड कतै पनि एक ठाउँ टिक्नै सक्दैनन्। चितवनबाट भागेका प्रचण्डलाई गोरखामा कांग्रेसले भोट माग्दै छ। त्यहाँ स्थानीय यु्वालाई जिताउनुपर्ने हो। यहाँबाट विश्वप्रकाश शर्मा गोरखा गए भने प्रचण्डलाई नै भोट माग्लान्। युवालाई जिताऊँ भन्नेले अब्दुस मियाँलाई सघाउनुपर्ने हो,’ ओलीले भने।

उनले प्रचण्डले कास्कीको ढिकुरपोखरीमा जन्मिएर दिल्लीमा राजनीति गरेको ओलीले आक्षेप लगाए। उनले भने, ‘प्रचण्ड कास्कीको ढिक्रुपानीमा जन्मिए, राजनीति गरे दिल्ली र नोयडामा। रोल्पाबाट चुनाव लडे। त्यहाँबाट भागेर काठमाडौं आए, त्यहाँबाट पनि भागेर सिरहा पुगे। त्यहाँबाट चितवन आए। अब चितवनबाट पनि भागेर अहिले गोरखा पुगेका छन्।’

प्रकाशित: Nov 17, 2022| 16:13 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...