मंगलबार, असार ९, २०८३

बुथ कब्जाबारे नसोच्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही मंसिर ४ गते आइतबार हुन लागेको निर्वाचनमा मतदाताभन्दा बढी मतपत्र खस्ने अवस्था नरहने बताएका छन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही मंसिर ४ गते आइतबार हुन लागेको निर्वाचनमा मतदाताभन्दा बढी मतपत्र खस्ने अवस्था नरहने बताएका छन्। 

National life

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अस्वाभाविक रुपमा मत खसेको भेटिए पुनः निर्वाचन हुने बताए। उनले भने, ‘यो पटक मतदाताभन्दा बढी मत हुने छैन। कुन–कुन मतदान केन्द्रमा कति मत खस्यो भनेर हेर्छौं। अस्वाभाविक भएको छ भन्ने लागे फेरि निर्वाचन गराउँछौं।’

थपलियाले पहिले भएका निर्वाचनमा संवेदनशील रहेका केही ठाउँमा हवाई गस्ती गर्ने तयारी समेत भएको बताए। उनले बुथ कब्जा गरेर जित्छु भन्ने सोचाइ नराख्न चेतावनी पनि दिए। ‘कतै कसैले बुथ कब्जा गरेर जित्छु भन्ने सोचाइ नराखे हुन्छ। बुथ कब्जा गरेर जितेर आउनेले तपाईं हाम्रो हित गर्दैन, त्यो बेइमान हो,’ थपलियाले भने।

४६ संस्था पर्यवेक्षक
एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्था र २ वटा अन्तर्राष्ट्रिय संस्थाले आयोगबाट अनुमति पाएका छन्। पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ। 

आयोगले हालसम्म करिब ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ। यसैगरी आयोगको निमन्त्रणामा भारत, भुटान, बंगलादेश र माल्दिभ्स निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारी मतदानको दिनको अवलोकन गर्न आउने जनाइएको छ। यसैगरी दक्षिण कोरियाबाट पनि निर्वाचन व्यवस्थापन गर्ने निकायका पदाधिकारी मतदानको दिनको अवलोकन गर्न आउने तय भएको थपलियाले जनाए। नेपालस्थित कूटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने जनाइएको छ।

Shivam cement

विज्ञापन हटाउनू
आयोगले सामाजिक सञ्जाल र अनलाइनमामार्फत गरिएका निर्वाचन प्रचारप्रसार सम्बन्धी विज्ञापन हटाउन निर्देशन दिएको छ।  शून्य समयमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा सेयर गर्न वा गराउन समेत नपाइने व्यवस्था भएको भन्दै आयोगले पहिले गरिएका विज्ञापन पनि हटाउनुपर्ने जनाएको हो। आयोगले यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएको आयोगका प्रमुख आयुक्त थपलियाले बताए।

मंसिर २२ गते सबै मतगणाना सकेर निर्वाचन परिणामसहित राष्ट्रपतिसमक्ष जाने आयोगको तयारी रहेको थपलियाले सुनाए।

प्रकाशित: Nov 17, 2022| 15:08 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...