आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मौन अवधिअघि गठबन्धनको अपिल- बहुमत दिनुस्, पाँच वर्षमा देश समृद्ध बनाउँछौं

मौन अवधिअघि गठबन्धनको अपिल- बहुमत दिनुस्, पाँच वर्षमा देश समृद्ध बनाउँछौं

सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनले बहुमत दिएर जिताउन आम मतदातालाई अपिल गरेको छ। शून्य समय सुरु हुनुअघि बिहीबार गठबन्धनका चार दलले अपिल जारी गर्दै मत मागेका हुन्।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं- सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनले बहुमत दिएर जिताउन आम मतदातालाई अपिल गरेको छ। शून्य समय सुरु हुनुअघि बिहीबार गठबन्धनका चार दलले अपिल जारी गर्दै मत मागेका हुन्। 

National life

नेपाली कांग्रेस नेतृत्वको योगठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि आफूहरुलाई मतदान गरेर जिताउन आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साझा अपिल जारी गरेर आफूहरुलाई बहुमत दिए पाँच वर्ष स्थिर सरकार बनाउने बताएका छन्।

उनीहरुले मंसिर ४ को निर्वाचनले संसद विघटनकारी र प्रतिगमनका पक्षधरहरु गठबन्धनलाई पराजित गर्नुपर्ने पनि जिकिर गरेका छन्। 'गठबन्धनका प्राथमिकता अहिले पनि उत्तिकै प्रष्ट छन्। संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधार छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्', उनीहरुले भनेका छन्, 'यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ-आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो। यसले गठवन्धनको भावनामा कुनै चोट पुऱ्याउँदैन। गठबन्धनको स्पष्ट बहुमतबाटै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो।'

गठबन्धनले प्रतिगमनको खतरा अझै कायमै रहेको बताउँदै आफूहरुले बहुमत नपाए फेरि प्रतिगमन दोहोरिने उल्लेख गरेका छन्। ‘संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई–दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ,’ उनीहरुले भनेका छन्, ‘गठबन्धन सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमासमेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन्। झन्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराएको छ।’

अपिलमा कांग्रेस नेतृत्वको सरकारले विदेश नीतिमा सन्तुलन बनाएको, नागरिकलाई सत्ताको अधिनायकवादी त्रासबाट मुक्त गर्दै जीवनयापनका स्रोत साधनको नियमित आपूर्ति गर्न सहज भएको दाबी गरिएको छ। 'मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्', अगाडि भनिएको छ, 'गठवन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो।'

Shivam cement

प्रकाशित: Nov 17, 2022| 14:54 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...