शुक्रबार, साउन १, २०८३

राशफोर्ड इंग्लयान्डका लागि रोनाल्डो बन्न सक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लन्डन (एजेनसी)-इंग्ल्यान्डका युवा खेलाडी मर्क्स राशफोर्डलाई आफ्नो विकासका लागि समय चाहिएको इंग्लयान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन्। किनकी उनी एक विश्व सुपस्टरको गति लिन सक्ने छन्। के उनी इंग्ल्यान्डका लागि क्रिस्टयानो रोनाल्डो बन्न सक्छन्?

प्रशिक्षक साउथगेटका अनुसार म्यानचेस्टर युनाईटेडका युवा फर्वाडर खेलाडीमा ‘विषेश प्रतिभा’ रहेको बताएका छन्। उनले राशफोर्डलाई पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडीसँग तुलना गरेका छन्। उनले यति समम भने की राशफोर्ड २० बर्षको उमेरमा रानाल्डो भन्दा पनि राम्रा छन्। 

राशफोर्डले मंगलबार स्वीटजरल्यान्डविरुद्धको खेलमा उनले निर्णायक गोल गरेका थिए। जसमा युवा खेलाडी राशफोर्डका लागि घरेलु तीन अन्तर्राष्ट्रिय खेलबाट एक गोल भइएको छ। साउथगेटले उनलाई अझैपनि सुधार गर्न सकिने बताएका छन्। उनी खेल समय देखि राशफोर्ड प्रति प्रभावित भएका छन्। राशफोर्ड युवा दुनियाको शीर्ष खेलाडी मध्ये एकमा विकसित हुन सक्ने साउथगेटमको भनाई छ।

‘उनी एक विशेष प्रतिभा हुन्। हामीले याद गर्नु पर्छ की त्यो उमेरमा ह्यारी केनले स्पर्सका लागि खेल कहिले खेलेका थिए।’ साउथगेटले भने, ‘तपाई राशफोर्डलाई अन्य शीर्ष खेलाडीसँग तुलना गर्न पनि सक्नु हुन्छ। त्यो उमेरमा रोनाल्डोले केहि कदम राम्रो गरिरहेका थिए।

तर, रानाल्डो उनको लक्ष्य पररिवर्तन गर्न सक्दैनन्। त्यसैले राशफोर्डलाई विकसित गर्ने समय दिनु पर्छ।’ उनले थपे, ‘उनले अहिले पनि धेरै फुटबल खेलेका छन्। मान्न सक्छोकी उनले लगातार खेलेनन् र वास्तवमा म उनीसँग खुसी छु की उनी आत्मविस्वाले भरिएका छन्।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।