काठमाडौं- नेपाली कांग्रेसका नेता बलदेव शर्मा मजगैयाँले गठबन्धनका उमेदवालाई विजयी बनाउन सबै नेता कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन्।
दाङमा आयोजित कार्यक्रममा गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनका उमेदवारलाई विजयी बनाउन सबै एकजुट हुनुपर्ने उनले बताए। पार्टीले गरेको निर्णय पालना गर्नु र त्यसको कार्यान्वयन गर्नु सम्पूर्ण नेता कार्यकर्ताको जिम्मेवारी भएको उनको धारणा छ।
‘पार्टीको सबै निर्णय चित्त नबुझ्न सक्छ। तर, पार्टीको निर्णय कार्यान्वयन गर्नु हामी सच्चा नेता कार्यकर्ताको जिम्मेवारी हो,’ उनले भने।
नेपाली कांग्रेसका पूर्व संगठन विभाग प्रमुखसमेत रहेका शर्माले निर्णय चित्त नबुझे पार्टीभित्र छलफल गर्नुपर्ने तर पार्टीको निर्णय विपरित जाने छुट कसैलाई नभएको प्रस्ट पारे।