शनिबार, साउन १६, २०८३

डोटीमा मतदान अधिकृत सवार जीप दुर्घटना

मतदान अधिकृत सवार जीप डोटीमा दुर्घटनामा परेको छ। बिहीबार बडीकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा निर्वाचन सामाग्रीसहित मतदान अधिकृत सवार जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

डोटी- मतदान अधिकृत सवार जीप डोटीमा दुर्घटनामा परेको छ। बिहीबार बडीकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा निर्वाचन सामाग्रीसहित मतदान अधिकृत सवार जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी मतदान अधिकृत दिनेशसिं रैखोला घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाका अनुसार सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जीप बडिकेदार गाउँपालिका मार्कोटस्थित मतदान केन्द्र गइरहेका बेला ब्रेकफेल भएर दुर्घटनामा परेको हो।

जीपमा मतदान अधिकृतसहित कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार थियो।

प्रकाशित: Nov 17, 2022| 13:28 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...