मिलान (एजेन्सी)-यसै सिजन रियलबाट युभेन्ट्स पुगेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भन्दा फ्रानसेली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पे उत्कृष्ट खेलाडी भएको इन्टर मिलानका डिफेन्डर स्टीफन डी भ्रिजले बताएका छन्।
पाँच पटकका बेलोन डि ओर विजेता रोनाल्डो इटाली पुगे पनि उनी एमबाप्पे जति राम्रो खेलाडी नभएको बताएका हुन्। सिरी–ए का प्रतिद्धन्द्धी स्टीफनले रोनाल्डोले सिरी–ए मा त्यस्तो प्रभाव पार्न नसकेको बताए छन्। उनी रियलमा सफल हुदाँ हुदै पनि युभेन्ट्समा अनुबन्ध भएका थिए। जहाँ उनले चार च्याम्पियन्स लिग उपाधि जितेका थिए।
कैयो व्यक्तीका अनुसार रोनाल्डोले २२ बर्ष युरोपमा कमाएको खुसी गुमाएको समेत बताएका छन्। ३३ बर्षीय रोनाल्डोको सुरुवात सिरी–ए मा सोचे अनुसारको हुन सकेको छैन्। किनकी उनले तीन लिग खेल खेली सक्दा सम्म पनि कुनै गोल गर्न सकेका छैनन्। यती सम्म की रोनाल्डोले गर्दा इटाली फुटबलमा कुनै असर पर्दैन्।
स्टीफनले भने, ‘जब उनी सिरी–ए मा आए मैले ध्यान राख्न शुरु गरे। इटाली फुटबलका लागि सिरी–ए मा उनको आगमनले सकरात्मक थियो। पुरा प्रतियोगितालाई फाइदा दिन्छ।’ उनले थपे, ‘मैले २०१४ मा विश्वकप भन्दा पहिला पोर्चुगलसँग मैत्रिपुर्ण खेल खेले।
जहा १–१ को बराबरी खेलेका थियौ। तर पनि उनले त्यस्तो प्रभाव लिन सकेनन्। तर, एक युवा स्टार छन् जो १९ बर्षीय भए पनि तुफनझै भएर दुनिया हल्लाई रहेका छन्। उन हुन् एमबाप्पे।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४