शनिबार, साउन १६, २०८३

आज निर्वाचन आयोगको पत्रकार सम्मेलन

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ। आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं- निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ। आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो। 

स्थिर समय आज राति १२ बजेदेखि सुरु हुनेछ। यस समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन। यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ।  

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन। यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ।

प्रकाशित: Nov 17, 2022| 09:37 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...