आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नारायणगोपाल चोकमा सत्ता गठबन्धनको चुनावी सभा : क-कस्ले गर्दैछन् सम्बोधन?

नारायणगोपाल चोकमा सत्ता गठबन्धनको चुनावी सभा : क-कस्ले गर्दैछन् सम्बोधन?

काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा आज सत्ता गठबन्धनको चुनावी सभा हुने भएको छ।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं- काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा आज सत्ता गठबन्धनको चुनावी सभा हुने भएको छ। 

National life

सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नम्बर ५ द्वारा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

आमसभालाई नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा, कांग्रेस नेता नरहरि आचार्य, अर्थविद् स्वर्णिम वाग्ले लगायतले सम्बोधन गर्ने छन्। 

काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका रुपमा कांग्रेस नेता प्रदीप पौडल उम्मेदवार रहेका छन्। गठबन्धनका तर्फबाट प्रदेशसभा (क) मा भैरव सापकोटा र ख मा श्याम बहादुर खड्का उम्मेदवार रहेका छन्। 

प्रकाशित: Nov 17, 2022| 09:10 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...