शनिबार, साउन १६, २०८३

पुकार बमका लागि भोट माग्दै दयाहाङ र दीपाश्री

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र–१ मा प्रतिनिधिसभा उम्मेदवार रहेका बमलाई भोट माग्ने कलाकारको संख्या बढ्दै।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– काठमाडौं क्षेत्र–१ का प्रतिनिधिसभा उम्मेदवार पुकार बले कलाकारबाट समर्थन पाइरहेका छन्। अभिनेता दयाहाङ राई, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बमको पक्षमा भोट मागेका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बम भोट माग्दै मण्डला थिएटर पुगेका बेला दयाले जितको शुभकामना दिएका छन्। बम भोट माग्न निरौलाको घर पुगेका थिए। दीपाश्रीलाई उद्धृत गर्दै बम सामाजिक सन्जालमा लेख्छन्, ‘म काठमाडौं क्षेत्र–१ कै मतदाता हुँ। पुकारलाई मत दिने कुरामा म तयार छु। यहाँ आजसम्म कोही आउनुभएको थिएन। तपाईं आउनुभयो।’

केही दिनअघि मात्रै नायक राजेश हमालले पनि बमका लागि भोट मागेका थिए। बमसँगको भेटमा हमालले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत ठाउँमा नयाँ पुस्ता पुग्नुपर्ने बताएका थिए। यसअघि बमले चलचित्र निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई र कलाकार रवीन्द्रसिंह बानिया, निर्मल शर्मालगायतका कलाकारलाई भेटेका थिए।

काठमाडौं क्षेत्र–१ बाट बमसँगै सत्ता गठबन्धनका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्रलगायत चुनावी प्रतिस्पर्धामा छन्। सुरुमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका बम पछि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन्।

प्रकाशित: Nov 16, 2022| 15:22 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...