शनिबार, साउन १६, २०८३

गगनलाई केकीको शुभकामना, गगनले दिए धन्यवाद

अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसका नेता गगन थापालाई जितको शुभकामना दिएकी छन्। ४ मंसिरमा हुन लागेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापाको प्रशंसा गर्दै केकीले जितको शुभकामना दिएकी हुन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसका नेता गगन थापालाई जितको शुभकामना दिएकी छन्। ४ मंसिरमा हुन लागेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापाको प्रशंसा गर्दै केकीले जितको शुभकामना दिएकी हुन्। 

बुधबार भिडियोमार्फत केकीले गगनलाई ‘दाइ’ सम्बोधन गर्दै भनेकी छन्, ‘उहाँसँग हुने संवादहरूमा उहाँले दर्शाउनुभएको राष्ट्रप्रतिको निष्ठा, नेपाली जनताप्रतिको सेवा भाव र इमान्दारिता अनि संसद् र संविधानप्रतिको लगाव र प्रतिबद्धता निकै प्रशंसनीय छ।’

नेपाली कला, नेपाली संस्कृति, साहित्य र नेपाली चलचित्रप्रति पनि गगनको विशेष अभिरुचि भएको आफूले पाएको केकीले बताएकी छन्। गगनले जनताका मुद्दामा चासो राख्ने र सक्रियता देखाउने कमै जनप्रतिनिधिमध्ये आफूलाई अग्रणि भूमिकामा राखेको समेत केकीले बताएकी छन्।

‘दाइलाई आफ्नो क्षेत्रबाट यस आशन्न निर्वाचनमा विजयी भई असल जनप्रतिनिधिको रूपमा आफ्नो यात्रा निरन्तर अगाडि बढाउनुहोस् भन्ने कामना गर्दछु। उहाँको जितसँगै, उहाँको विजयसँगै हामी सम्पूर्णका निमित्त नयाँ–नयाँ सम्भावनाका ढोकाहरू खुल्ने एक उदाहरणीय र सफल राजनीतिज्ञका रूपमा दाइको उदय होस् भन्ने पनि कामना गर्न चाहन्छु। यस निर्वाचनमा दाइको विजयको अग्रिम शुभकामना।’

गगनले पनि केकीलाई मेन्सन गर्दै धन्यवाद दिएका छन्।

प्रकाशित: Nov 16, 2022| 15:06 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...