आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डको नजरमा शेखर शान्ति प्रक्रियाका नायक, ज्वाइँ आचार्य गतिशील नेता

प्रचण्डको नजरमा शेखर शान्ति प्रक्रियाका नायक, ज्वाइँ आचार्य गतिशील नेता

शान्ति, लोकतन्त्र, संविधान रक्षा र समृद्धिका लागि गठबन्धनका कार्यकर्ताले एकअर्का दलका चुनाव चिह्नमा भोट हाल्नुपर्ने प्रचण्डको तर्क।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेखर कोइराला  शान्ति प्रक्रियाका मुख्य पात्र र ज्वाइँ जीवन आचार्य गतिशील नेता भएको बताएका छन्। बुधबार मोरङ क्षेत्र–६ (१) सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

मोरङ क्षेत्र–६ मा कांग्रेस नेता शेखर कोइराला प्रतिनिधिसभा र प्रदेशसभा १ मा प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनबाट चुनावी मैदानमा छन्। नेता कोइरालाले एमाले नेता लालबाबु पण्डितसँग प्रतिस्पर्धा गरिरहेका छन्। उनले भने, ‘डा. शेखरले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकैले शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो।’

प्रचण्डले फेरि प्रतिगमनविरुद्ध आन्दोलन नगर्ने गरी गठबन्धनलाई भोट हाल्न मतदातासँग अपिल गरे। शान्ति, लोकतन्त्र, संविधान रक्षा र समृद्धिका लागि गठबन्धनका कार्यकर्ताले एकअर्का दलका चुनाव चिह्नमा भोट हाल्नुपर्ने उनको भनाइ छ। गठबन्धनको पक्षमा लहर आएको दाबी गर्दै प्रचण्डले आगामी निर्वाचनपछि पनि आफूहरुकै सरकार बन्ने सुनाए।

प्रकाशित: Nov 16, 2022| 14:43 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...