आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विश्वप्रकाशको ‘निरन्तरतामा नवीनता’, पछिल्लो पिँढीका युवालाई प्रोत्साहन

विश्वप्रकाशको ‘निरन्तरतामा नवीनता’, पछिल्लो पिँढीका युवालाई प्रोत्साहन

आफूभन्दा थोरै पछिल्लो पिँढीका गगन थापालाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा समर्थन गरेपछि प्रमाणित भएको छ, विश्वप्रकाश आफूभन्दा पछिल्लो पिँढीका युवालाई कसरी प्रोत्साहन गर्छन्। गगन पुस्ता मात्र होइन, ६० र ७० कटिसकेका व्यक्तिका लागि पनि विश्वप्रकाश एउटा भरोसाको रूपमा स्थापित भएका छन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा लेखिएको चुनावी घोषणापत्र (संकल्प) लिएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस देशभरि होमिएको छ। घोषणापत्र लेख्ने सुरुआती समयमै घोषणापत्र लेखन समिति संयोजक तथा महामन्त्री विश्वप्रकाशले उक्त घोषणापत्र लेखनका लागि मूल मन्त्र सुनाए, ‘निरन्तरतामा नवीनता’।

National life

यही मूल मन्त्रको आधारमा नेपाली कांग्रेसको घोषणापत्र लेखियोे र सोही घोषणापत्रको आधारमा देशभरि कांग्रेसले चुनावी प्रचार–प्रसार अभियान चलाइरहेको छ। देशभर १६५ वटै निर्वाचन क्षेत्रमा उक्त घोषणापत्र पुगिसकेको छ। यो चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने र उसकै नेतृत्वमा साकार बन्ने आमअपेक्षा गरिएको अवस्था छ। तर विचारणीय पक्ष के  भने अबको ५ वर्षपछि पनि यही घोषणापत्रका आधारमा जनताले कांग्रेससँग हिसाबकिताब माग्ने हो। 

विश्वप्रकाशले चयन गरेका शब्दहरू ‘निरन्तरतामा नवीनता’का धेरै अर्थ हुन सक्लान्। यस्ता अर्थको लामो सूची नै हुन सक्छ। तीमध्ये प्रमुख अर्थलाई यसरी वर्णन गर्न सकिएला। पहिलो, महामन्त्री शर्माले आफ्नो नेतृत्वमा लेखिएको घोषणापत्रको मूलमन्त्र ‘निरन्तरतामा नवीनता’ को आफैं अर्थ लगाउनेछन् र कांगे्रसको घोषणापत्र (संकल्प) कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका खेल्नेछन्। 

दोस्रो, ‘निरन्तरतामा नवीनता’ को सुरुआत विश्वप्रकाश आफैंबाट हुनेछ। झापा क्षेत्र–१ मा दुई पटक निरन्तर प्रयास गरिसकेका विश्वप्रकाशले यो चुनाव जित्नेछन्। यो निरन्तरतामा नवीनता हुनेछ। तेस्रो, झापा क्षेत्र–१ ले यसपालि विश्वप्रकाशको निरन्तरतामा नवीनता प्रदान गर्नेछ। धेरै आरोह–अवरोह पार गर्दै र अन्य धेरै विकल्पलाई छाडेर विश्वप्रकाशले झापा क्षेत्र–१ मा दिएको निरन्तरतालाई यसपालि सकारात्मक प्रतिक्रिया दिनेछ र विश्वप्रकाशले यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जित्नेछन्। 

चौथो, विश्वप्रकाश आफैंमा निरन्तरतामा नवीनताको बिम्व हो भन्ने कुरा समाजका सबै तह र तप्काले बुझेका छन्। उमेरको हिसाबले ५० हाराहारी रहेका विश्वप्रकाश कांग्रेसका युवा नेता हुन्। १८ वर्ष पुगेका पहिलो पटक मतदान गर्दै गरेका युवाहरू, ३०–३५ वर्ष पुगेर देश–दुनियाँ जानिसकेका कामकाजी मस्तिष्क सबैले विश्वप्रकाशमा आफ्नो एक किसिमको बिम्व देख्छन्। आफूभन्दा थोरै पछिल्लो पिँढीका गगन थापालाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा स्पष्टताका साथ समर्थन गरेपछि प्रमाणित भएको छ, विश्वप्रकाश आफूभन्दा पछिल्लो पिँढीका युवालाई कसरी प्रोत्साहन गर्छन्। गगन पुस्ता मात्र होइन, ६० र ७०  काटिसकेका व्यक्तिका लागि पनि विश्वप्रकाश एउटा भरोसाको रूपमा स्थापित भएका छन्।

Shivam cement
आफूभन्दा थोरै पछिल्लो पिँढीका गगन थापालाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा समर्थन गरेपछि प्रमाणित भएको छ, विश्वप्रकाश आफूभन्दा पछिल्लो पिँढीका युवालाई कसरी प्रोत्साहन गर्छन्। गगन पुस्ता मात्र होइन, ६० र ७० कटिसकेका व्यक्तिका लागि पनि विश्वप्रकाश एउटा भरोसाको रूपमा स्थापित भएका छन्।

उनको व्यवहारले त्यो देखाउँछ। तसर्थ, विश्वप्रकाश निरन्तरतामा नवीनताको बिम्व हुन्। 

पाँचौं, ‘निरन्तरतामा नवीनता’ भन्नाले कांग्रेसको वास्तविक चरित्रको प्रतिनिधित्व गर्छ। कांग्रेस मध्यमार्गी पार्टी हो। सैद्धान्तिक रूपमा कांग्रेस धेरैजसो मध्यमार्गबाट दक्षिणपन्थतर्फ ढल्किएकोलाई प्रतिनिधित्व गरी सबै गैरकम्युनिस्ट विचारधाराको अभिभावकको रूपमा इतिहासमा स्थापित भएको छ भने कहिलेकाहीँ मध्यमार्गबाट वामपन्थतर्फ फर्किएर चरम वामपन्थीहरूको पनि अभिभावकत्व कांग्रेसले गरेको छ। कांगे्रसले गरेको नेपालको शान्ति प्रक्रियाको सफल नेतृत्व यसैको उदाहरण हो। 

जुनसुकै अवस्थामा पनि कांग्रेसको असली पहिचान मध्यमार्ग नै हो र सोही मध्यमार्गलाई समयसापेक्ष परिमार्जन गर्ने वा त्यसमा नवीनता दिने हो। यसरी विश्वप्रकाशले चयन गरेको सूत्र ‘निरन्तरतामा नवीनता’ले कांग्रेसको वास्तविक र असली चरित्रको प्रतिनिधित्व गर्छ। यस कारण पनि विश्वप्रकाशले यसपालि चुनाव जित्नुपर्छ। 

माथि उल्लेख गरिएजस्तो विश्वप्रकाशको ‘निरन्तरतामा नवीनता’का धेरै अर्थ हुन सक्छन्। त्यसमध्ये प्रमुख हो–कांग्रेसको घोषणापत्र(संकल्प) कार्यान्वयन गर्न आगामी संसद्मा विश्वप्रकाशको अनिवार्य उपस्थिति। गगनलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ट समर्थन गरेर विश्वप्रकाशले कांग्रेसको चुनावी घोषणापत्र कार्यान्वयन गर्ने काम सुरुआत आफ्नो तर्फबाट गरिसकेका छन्। अब पालो छ, नेपाली जनताले  विश्वप्रकाश र गगनलाई चुनाव जिताएर संसद्मा पु¥याउने। 

तसर्थ, समग्र नेपाली जनताका तर्फबाट झापा क्षेत्र–१ मा विश्वप्रकाशलाई र काठमाडौं क्षेत्र–४  मा गगनलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेर सम्बन्धित क्षेत्रका मतदाताले आ–आफ्नो कर्तव्य पूरा गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ। राजनीतिक पार्टीका घोषणापत्र कर्मकाण्डी भए, लागू हुन सकेनन् भन्ने गुनासो भइरहेको सन्दर्भमा यसपालि विश्वप्रकाश र गगनलाई जिताएर राजनीतिक दलको चुनावी घोषणापत्र लागू गर्ने-गराउने अनि समुन्नत नेपालको मार्गचित्र बनाउने काममा योगदान गरौं र आफ्नो अमूल्य मतको सदुपयोग गरौं। विश्वप्रकाशको ‘निरन्तरतामा नवीनता’ ल्याउने आदर्श तथा व्यावहारिक कार्यलाई सहयोग र समर्थन गरौं। 

प्रकाशित: Nov 16, 2022| 14:09 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...