मंगलबार, वैशाख २९, २०८३

हार्ट अट्याकको जोखिमलाई कम गर्न सेवन गरौं यस्ता खानेकुरा

स्वस्थ मुटुका लागि स्वस्थ खानपानको आवश्यकता हुन्छ। त्यसैले हामीले खानेकुरामा हेल्थी चिजको प्रयोग गर्नुपर्छ।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

स्वस्थ मुटुका लागि स्वस्थ खानपानको आवश्यकता हुन्छ। त्यसैले हामीले खानेकुरामा हेल्थी चिजको प्रयोग गर्नुपर्छ। 

National life

विश्वभा एक तिहाइ मानिसको ज्यान हार्ट हट्याकका कारणले जाने गर्छ। हामीले खाने-पिउने कुराको गहिरो असर हार्टमा पर्छ। केही खानेकुराको सेवनले हार्ट हट्याकको जोखिम बढ्ने चुनौति हुन्छ। र, स्वास्थ्यकर्मीले त्यस्ता खानेकुराको सेवनबाट जोगिन सुझावसमेत दिइरहेका हुन्छन्।

त्यस्ता खाने कुराले उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने, इन्फ्लाइमेशन जस्ता जसमस्याको जोखिम हुन्छ। जो मुटुका लागि निकै घातक हुन्छन्। वेभएमडीका अनुसार खानामा केही विशेष चिजको प्रयोग गर्दा हार्ट डिजीज तथा हार्ट अट्याक जस्ता जोखिमबाट जोगिन सहयोग पुग्छ। 

खानामा हरियो धनियाको प्रयोग मुटुका लागि निकै लाभदायक मानिन्छ। यसले खाने कुरालाई मिठोसमेत बनाउँछ।

कालो दाल पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसमा फोलेट, म्यानेशियम र एन्टी अक्सिडेन्ट भरुपूर मात्रामा पाइन्छ। यसले हामीलाई स्वस्थ राख्नुका साथै सुगर र कोलेस्ट्रोललाई नियन्त्रण गर्छ।

साल्मन माछाले पनि मानव स्वास्थ्यमा निकै लाभ दिन्छ। यसले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड प्रेसरलाई नियन्त्रण गर्छ।

जैतुनको तेल पनि मुटुका लागि राम्रो मानिन्छ। यसमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट पाइन्छ। यसले रक्तप्रवाहमा सहयोग पुगाउँछ।

यसका साथै ओखर र बदाम पनि मुटुका लागि लागदायक खानेकुरा हुन्। यस्ता खानेकुरामा भरपूर मात्रामा फाइबर पाइन्छ। जसले मुटुलाई बलियो तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। - हिन्दी न्युज १८ डटकमबाट साभार

प्रकाशित: Nov 17, 2022| 06:40 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्