आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लप्सीफेदी र जर्सिङपौवालाई पर्यटनको गन्तव्य बनाउने छु : नेतृ पोख्रेल

लप्सीफेदी र जर्सिङपौवालाई पर्यटनको गन्तव्य बनाउने छु : नेतृ पोख्रेल

राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई तीव्रता दिएकी छन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई तीव्रता दिएकी छन्।

National life

उनले चुनाव प्रचारप्रसारका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत गरिरहेकी छन्। शंखरापुरका मतदातासमक्ष उनले आफूले चुनाव जितेमा यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विशेष अस्पताल निर्माणको लागि पहल गर्ने बताएकी छन्। 

उनले शंखरापुरमा थुप्रै खाली ठाउँ भएको र अस्पतालको लागि उपयुक्त वातावरण भएकाले सुविधासम्पन्न विशेष अस्पताल बनाउनको लागि संसदमा आवाज उठाउने बताएकी हुन्। उनले भनिन्, ‘शंखरापुरमा धेरै खाली ठाउँ भएको र स्वच्छ, हराभरा वातावरण भन्दै यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तर उपचार हुने अस्पताल बनाउँदा काठमाडौंको अस्तव्यस्त जीवनशैली र ट्राफिक जाम घट्न सक्छ।'

पोख्रेलले मतदासँगको भेटघाट कार्यक्रममा शंखरापुरमा अस्तर्राष्ट्रिस्तरको विशेष अस्पताल बनाउँदा यस क्षेत्रका युवाले रोजगारी पाउनुका साथै सर्वसाधारणको आर्थिक उन्नति हुने औंल्याइन्। 

त्यसैगरी देशका महत्वपूर्ण मन्त्रालय, कार्यालयहरू सबै सिंहदरबार र आसपासमा मात्रै भएकाले केहीलाई काठमाडौं क्षेत्र नम्बर २ मा स्थानान्तरण गर्नुपर्ने भन्दै आफूले चुनाव जितेमा ४ वटा मन्त्रालय यस क्षेत्रमा ल्याउन पहल गर्ने पनि बताइन्। 

Shivam cement

पोख्रेलले जर्सिङपौवा पर्यटकीय क्षेत्रको लागि अत्यन्तै उपयुक्त भएकाले देशमा पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रमा आफूले चुनाव जित्नै पर्नेमा जोड दिइन्। पोख्रेलले भनिन्, ‘पर्यटन विकास र प्रवद्र्धनका लागि लगानीको वातावरण नभएको भन्दै आफूले जितेमा यस क्षेत्रलाई पर्यटन व्यवसायको विकासको लागि लगानीको वातावरण र शान्तिसुरक्षाको ग्यारेन्टी गर्ने छु।’


प्रकाशित: Nov 16, 2022| 10:41 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...