शनिबार, साउन १६, २०८३

प्रचण्ड र ओलीले आज सुनसरीका छुट्टाछुट्टै सभालाई सम्बोधन गर्ने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित चुनापी सभा सम्बोधन गर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुनसरी जाने भएका छन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित चुनापी सभा सम्बोधन गर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुनसरी जाने भएका छन्। 

एमाले र जसपाको सुनसरी-४ को संयुक्त चुनावी सभा लौकहीमा आयोजना हुँदैछ। उक्त सभालाई एमाले अध्यक्ष ओलीसहितका नेताहरूले सम्बोधन गर्नेछन्। 

सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट जगदिश कुशियैत र नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की उमेदवार छन्। 

यस्तै धरानलगायतको क्षेत्र पर्ने सुनसरी–१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड धरान जाने छन्। सभालाई प्रचण्डसँगै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि सम्बोधन गर्ने कार्यक्रम छ। 

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा मुक्साहाङ मेन्याङ्बो प्रतिनिधिसभाका उम्मेदवार छन्।

यहाँ एमाले–जसपा गठबन्धनबाट जसपाका असोक राई उम्मेदवार छन्।

प्रकाशित: Nov 16, 2022| 09:25 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...