आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मतदाताहरूको सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौं : ईश्वर पोखरेल

मतदाताहरूको सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौं : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाताहरूको सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताएका छन्।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाताहरूको सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताएका छन्।

National life

काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा मंगलबार घरदैलोका क्रममा संचारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरू यसै क्षेत्रमा लामो समयदेखि जनतामा भिजेकाले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको बताए। 

यसपटक मतदाताले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउँदै उनले आमनागरिकहरुको सदभाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचनमा एमालेले जित्ने विश्वास व्यक्त गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एमाले) जनताको काम गरेर नै उचाईमा पुगेको बताए। विचार, संगठन, नेतृत्व र जनताको काम गर्ने हिसाबले एमाले संगठित रहेको बताउँदै उनले जनताको काम गरेर एमालेले बनाएको उचाइलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको बताए।

यसअघि सोमबार काठमाडौंको हाँडीगाउँ गहनापोखरीबाट रुद्रमति मार्ग, विशाल नगर, बालुवाटार, टुँडालदेवी मन्दिर हुँदै धुम्बाराही पीपलबोटसम्म पोखरेलको पदयात्रा आयोजना गरिएको थियो। पदयात्रामा अभिनेत्री करिश्मा मानन्धर, पूर्वराजदूत एवं गायिका अञ्जान शाक्यलगायतको सहभागिता थियो।

Shivam cement

प्रकाशित: Nov 16, 2022| 08:10 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...