सोमबार, असार ८, २०८३

मतदान तथा मतपत्रको गोप्यता कायम गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

मतपत्रको गोप्यता भंग हुँदा अन्य दल तथा उम्मेदवारले समेत सम्बन्धित मतदातालाई विभिन्न किसिमका असहजता सिर्जना गर्न सक्छन् र यसले व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत गम्भीर असर पुर्‍याउने आयोगले जनाएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेका छन्।

National life

कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु उनीहरूको सार्वभौम अधिकार भएकाले मतदातालाई गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘कोही कसैबाट जो कोही मतदातालाई डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा पारेर मतदान प्रक्रियाको गोप्यता भंग गर्नु/गराउनु निर्वाचन आचारसंहिता, निर्वाचन (कसूर तथा सजाय) ऐन तथा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ (मतदान निर्देशका) अनुसार दण्डनीय हुनेछ।’

उनले मतदान प्रक्रियाको गोप्यता भंग गरिएको मतपत्र मतपेटिकामा खसाली नसकेको भए मतदान अधिकृतले मतपत्रलाई छुट्टै खाममा राखी त्यस्तो खाममा सोही व्यहोरा उल्लेख गरी शिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्ने र त्यस्तो मतपत्र गणना नगरिने व्यवस्थाको स्मरण गराउँदै आफ्नो नाममा बाहेक अरुको नाममा मत हाल्न, पटक–पटक मतदान गर्न, मतपत्र बिगार्न वा नष्ट गर्ने कुनै वस्तु वा पदार्थ मतपेटिकमा खसाल्न नहुने बताए।

निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा ९ मा कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने व्यवस्था छ। 

मतपत्रको गोप्यता भंग हुँदा अन्य दल तथा उम्मेदवारले समेत सम्बन्धित मतदातालाई विभिन्न किसिमका असहजता सिर्जना गर्न सक्छन् र यसले व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत गम्भीर असर पुर्‍याउने आयोगले जनाएको छ।  

Shivam cement


प्रकाशित: Nov 15, 2022| 19:20 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...