सोमबार, असार ८, २०८३

डोटीका दुई मतदान केन्द्रको नेतृत्व महिलालाई

डोटी सदरमुकामस्थित श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखि क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

डोटी- डोटीमा एक सय ७७ वटा स्थायी  र एउटा अस्थायी मतदान केन्द्र रहेकोमा दुईवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ।

National life

डोटी सदरमुकामस्थित श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखि क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए।

महिलामैत्री मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला रहेका छन्। त्यसैगरी सुरक्षाकर्मी समेत महिलानै खटिने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।

मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाभरी एक हजार चार सय १४ जना कर्मचारी परिचालित भएका छन्। जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ जना नै रहेका छन्।

त्यसैगरी सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन्। ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए।

Shivam cement

कुल निर्वाचनमा खटिएका कर्मचारीमा एक हजार ४ जना कर्मचारी र चार सय १० जना शिक्षक रहेका छन्।

प्रकाशित: Nov 15, 2022| 20:15 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...