शनिबार, साउन १६, २०८३

'एमाले भन्ने पार्टी ओली प्रालिमा परिणत भैसक्यो'

मंगलबार पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै गुरुङले ओली प्रालिमा परिणत भैसकेको आरोप लगाएका हुन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

पर्वत- नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले एमाले पार्टी केपी ओली प्रालिमा परिणत भैसकेको आरोप लगाएका छन्। मंगलबार पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै गुरुङले ओली प्रालिमा परिणत भैसकेको आरोप लगाएका हुन्।

अध्यक्ष गुरुङले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भिम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बिहरगमित हुनपुगेको बताए। ओलीले नेपालीको भावनालाई कुल्ची रहेको आरोपसमेत लगाएका छन्।

पटक-पटक संसद विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे।

पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन्।

प्रकाशित: Nov 15, 2022| 20:00 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...