शनिबार, चैत १४, २०८२

एसियन पब्लिक सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- एसियन पब्लिक स्कुल नवौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । एसियनसंगै एआईए, चाँदबाग र हेम्स पनि सेमिफाइनलमा पुगे।

एसियनले अल्बर्टलाई १८-१४ ले पराजित गर्‍यो। एसियनको जितमा आकृति थापाले ७ अंक योगदान गरिन् । शीतल क्षेत्रीको ८ अंक सबहयोगमा एआईएले काठमाडौं जेभियरलाई १५-११ ले हरायो। चाँदबागले विज किड्समाथि २५-९ को जित निकाल्यो। विजेताकी अदिती गुरुङले १० स्कोर गरिन्। हेम्सले साबमाथि २५–२४ को कठिन जित दर्ता गर्‍यो। हेम्सकी सुनीता सुनुवारले १९ अंक जोडिन्।

ब्वाइजमा काठमाडौं जेभियर, अल्बर्ट, हेम्स र मार्टियर्सले सेमिफाइनल यात्रा तय गरे। काठमाडौं जेभियरले विज किड्सको चुनौती ५२–३७ ले समाप्त पार्‍यो । विजयी टिमका लागि सन्जिव मगरले २९ अंक जोडे। अल्बर्टले स्पाङगेललाई ५१–४४ ले निराश पार्‍यो। अल्बर्टका सरोज कार्कीले ३९ अंक जोडे।

हेम्सले एआईको यात्रा ४१–२९ ले पूर्ण्विराम लगायो। हेम्सका कौशल शर्माले १५ स्कोर गरे। केइएस विरुद्धको खेलमा मार्टियर्स ३६–३२ ले विजयी भयो। मार्टियर्सका आदर्श बस्नेतले १६ अंक जोडे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।