सोमबार, असार ८, २०८३

ओलीले गरेका दुई काम गठबन्धनले गर्दै गर्दैनः साउद

कञ्चनपुर–२ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१२ मा मंगलबार आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले संसद् भंग नगर्ने र गठबन्धनलाई पाँच वर्षसम्म कायम राख्ने बताएका हुन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

कञ्चनपुर- नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दुई काम गर्दै नगर्ने बताएका छन्।

National life

कञ्चनपुर–२ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१२ मा मंगलबार आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले संसद् भंग नगर्ने र गठबन्धनलाई पाँच वर्षसम्म कायम राख्ने बताएका हुन्। 

‘निर्वाचन पछि जितेर गए हामी केपी शर्मा ओलीले गरेका दुई काम गर्ने छैनौं,’ नेता साउदले भने, ‘जनताप्रति प्रतिबद्ध हुनुपर्ने संसद् भंग गर्ने छैनौं। पाँच वर्षसम्म गठबन्धन कायम राख्ने छौं।’ 

सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहे मुलुकमा स्थिरता हुने र विकास निर्माणका कामले गति लिने साउदले जिकिर गरे। उनले नेकपा एमालेका अध्यक्ष ओलीले संविधान र कानुन मान्न छाडेको पनि टिप्पणी गर्दै भने,  ‘ओलीजीले आफ्नै पार्टीका नेताहरुलाई पनि राख्न सक्नु भएन। उहाँले संविधान र कानुन मान्न छोड्नु भएको छ। संवैधानिक आयोगमा आफूअनुकुलका व्यक्ति नियुक्त गर्नका लागि संवैधानिक परिषद्मा ६ जनामा तीन जना नै बहुमत पुर्याउने व्यवस्था गर्नुभयो।’ 

कांग्रेस सभापति शेरबहादुर देउवा संविधान र संसद जोगाउन प्रधानमन्त्री बन्नु परेको उनको भनाइ थियो। ‘शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिन भन्दाभन्दै देश, संविधान र संसद जोगाउनका लागि प्रधानमन्त्री बन्नुभयो। ओली सरकारले कोरोनाकालमा भ्रष्टाचार गरेर जनतालाई त्रासपूर्ण अवस्थामा राखेको थियो,’ उनले भने, ‘देउवा प्रधानमन्त्री बनेपछि कोरोना खोप लगाएर जनता जोगाउने काम गर्नुभयो। यो गठबन्धन त्यसै बनेको होइन।’

Shivam cement

प्रकाशित: Nov 15, 2022| 18:54 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...