सोमबार, असार ८, २०८३

धनुषा २ मा तीन पूर्वमन्त्री चुनावी मैदानमा

सत्तारुढ गठबन्धनबाटै दुई जनाले उम्मेदवारी दिएपछि धनुषा क्षेत्र नं २ को चुनावी भीडन्त रोचक बनेको छ। अझ उम्मेदवारमध्ये तीन जना पूर्वमन्त्री चुनावी मैदानमा छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

कमला- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पाँच दिन मात्रै बाँकी छन्। निर्वाचनमा प्रचारप्रसारका लागि तीनदिन बाँकी रहँदा धनुषा निर्वाचन क्षेत्र नं २ मा चुनावी माहोल तातेको छ। सत्तारुढ गठबन्धनबाटै दुई जनाले उम्मेदवारी दिएपछि धनुषा क्षेत्र नं २ को चुनावी भीडन्त रोचक बनेको छ। अझ उम्मेदवारमध्ये तीन जना पूर्वमन्त्री चुनावी मैदानमा छन्।

National life

सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादव र सत्तारुढ गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा चुनावी मैदानमा रहेका छन्। अन्य क्षेत्रमा एमाले-जसपाबीच गठबन्धन भए पनि यो क्षेत्रमा भने दुवै दल स्वास्थ्य प्रतिस्पर्धामा उत्रिएका छन्।

एमालेबाट पूर्वमन्त्री उमाशङ्कर अरगरिया र जसपाबाट गङ्गाराम यादवले उम्मेदवारी दिएका छन्। राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो तरिकाले घरदैलो गरिरहेका छन्। उनीहरूले घोषणापत्रसहित प्रतिबद्धता मतदाताकाबीच पुर्‍याएका छन्। यसक्षेत्रमा एक लाख २४ हजार सात सय ४५ जना मतदाता रहेको छ। जसमध्ये पुरुषतर्फ ६६ हजार आठ सय १० र महिलातर्फ ५७ हजार तीन सय ४४ जना रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ धनुषाले जनाएको छ।

धनुषा क्षेत्र नं २ मा एक सय २६ वटा मतदान केन्द्र तोकिएको सो कार्यालयले जनाएको छ। धनुषाको क्षेत्र नं २ मा कमला नगरपालिका शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका–१ देखि ८ सम्म, हंसपुर नगरपालिका-१,४ ,६ ,९ र जनकपुरधाम उपमहानगरपालिका– १७ र १८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभामा राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार रहेका छन्। त्यसैगरी, सोही क्षेत्रको प्रदेशसभा (क) तर्फ १४ जना र प्रदेशसभा (ख) १७ गरी प्रदेशसभाको लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

तत्कालीन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभामा उमशङ्कर अरगरिया निर्वाचित भएका थिए। अरगरिया यो पटक एमालेबाट उम्मेदवार बनेका हुन्। २०७४ सालको निर्वाचनमा  अरगरियाले ३२ हजार ४४ मत पाउँदा रामचन्द्र झाले १८ हजार सात सय १५ र रामकृष्ण यादवले १५ हजार चार सय ४२ मत पाएका थिए।

Shivam cement

प्रकाशित: Nov 15, 2022| 17:48 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...