आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता गठबन्धनले चुनाव जिते संसद् पूर्ण कार्यकाल चल्ने नेता साउदको दाबी

सत्ता गठबन्धनले चुनाव जिते संसद् पूर्ण कार्यकाल चल्ने नेता साउदको दाबी

सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहे मुलुकमा स्थिरता हुने र विकास निर्माणका कामले गति लिने साउदको जिकिर।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं– कांग्रेस नेता तथा कञ्चनपुर क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्री केपी  ओलीले गरेका दुई काम गर्दै नगर्ने बताएका छन्। मंगलबार कञ्चनपुर क्षेत्र–२ को शुक्लाफाँटा नगरपालिका–१२ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले संसद् भंग नगर्ने र गठबन्धनलाई पाँच वर्षसम्म कायम राख्ने बताएका हुन्। 

National life

‘निर्वाचनपछि जितेर गए हामी केपी ओलीले गरेका दुई काम गर्ने छैनौं,’ नेता साउदले भने, ‘जनताप्रति प्रतिबद्ध हुनुपर्ने संसद् भंग गर्ने छैनौं,’ उनले भने, ‘पाँच वर्षसम्म गठबन्धन कायम राख्नेछौं।’ 

सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहे मुलुकमा स्थिरता हुने र विकास निर्माणका कामले गति लिने साउदले जिकिर गरे। उनले एमाले अध्यक्ष ओलीले संविधान र कानुन मान्न छाडेको टिप्पणी गरे।

‘ओलीजीले आफ्नै पार्टीका नेताहरुलाई पनि सँगै राख्न सक्नुभएन। उहाँले संविधान र कानुन मान्न छाड्नुभएको छ,’ साउदले भने, ‘संवैधानिक आयोगमा आफूअनुकूलका व्यक्ति नियुक्त गर्न  संवैधानिक परिषद्मा ६ जनामा ३ जनाको बहुमत भए पुग्ने व्यवस्था गर्नुभयो।’ 

सभापति शेरबहादुर देउवा संविधान र संसद् जोगाउन प्रधानमन्त्री बन्नुपरेको उनको तर्क छ। ‘शेरबहादुर देउवा देश, संविधान र संसद् जोगाउन प्रधानमन्त्री बन्नुभयो। ओली सरकारले कोरोनाकालमा भ्रष्टाचार गरेर जनतालाई त्रासपूर्ण अवस्थामा राखेको थियो,’ उनले भने, ‘देउवा प्रधानमन्त्री बनेपछि कोरोना खोप लगाएर जनता जोगाउने काम गर्नुभयो। यो गठबन्धन त्यसै बनेको होइन।’

Shivam cement

प्रकाशित: Nov 15, 2022| 17:11 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...