शुक्रबार, साउन १, २०८३

दिलिप स्मृति तेक्वान्दोको स्वर्ण विशाललाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दिलिप स्मृति तेक्वान्दो डोजाङका विशाल लामाले पाँचौं इचंगुनारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्।

इचंगुनारायण डोजाङको आयोजनामा इचंगुनारायण मन्दिर परिसरमा भएको प्रतियोगिताको पुरुष ३७ केजीमुनि फाइनलमा विशालले ढल्कोका विशाल मोक्तानलाई पराजित गरे। लैनचौरका सुइकर रजक र चन्द्रागिरीका सञ्जय भण्डारी तेश्रो भए।

पुरुष ३३ केजीमुनि न्यु क्रिएटिभका सिद्धार्थ बलामी पहिलो भए। उनले फाइनलमा चन्द्रागिरीका विराज तामाङलाई हराए। टोत्लसका सुमन उप्रेती र ढल्कोका विफो तामाङ संयुक्त रुपमा तेश्रो भए।

तीनदिने प्रतियोगितामा विभिन्न ३५ डोजाङबाट ४ सय ५० खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्। उत्कृष्ट पुरुष-महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ। प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १-१ हजार नगद पुरस्कार पाउने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।