सोमबार, असार ८, २०८३

नुवाकोटमा निर्वाचनका लागि आएनन् पर्यवेक्षक

यसअघिका निर्वाचनमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न संघसंस्था र तिनका प्रतिनिधिको आगमन भएकामा यो पटकको चुनावमा अहिलेसम्म कुनै पनि संघसंस्था नआएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

त्रिशूली- मंसिर ४ मा हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि पर्यवेक्षण गर्न नुवाकोटमा हालसम्म पनि कुनै सङ्घसंस्था तथा तिनका प्रतिनिधि आएका छैनन्।

National life

यसअघिका निर्वाचनमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न संघसंस्था र तिनका प्रतिनिधिको आगमन भएकामा यो पटकको चुनावमा अहिलेसम्म कुनै पनि संघसंस्था नआएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार निर्वाचन आयोगबाट अनुमति लिने क्रममा जिल्लाका लागि पनि पर्यवेक्षण गर्न सूचीकृत भएको सुन्नमा आए पनि अहिलेसम्म कुनै पनि संघसंस्था तथा तिनका प्रतिनिधि नआएको तथा आउन अनुमति लिनेको संख्या शून्य छ।

‘अघिल्लो चुनावमा पर्यवेक्षण गर्न आउनेहरुको सङ्ख्या धेरै भएर सङ्घसंस्थालाई तोकिएको सङ्ख्याका प्रतिनिधि मात्रै खटाउन भन्ने गरिएको थियो’, निर्वाचन अधिकारी गौतमले भने, ‘निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुन्छ तर अहिलेसम्म के भएर हो कुनै सङ्घसंस्था पनि आएका छैनन्।’

पर्यवेक्षकको आवागमनले चुनावको प्रचारप्रसारदेखि मतपरिणाम घोषणासम्मको वस्तुस्थिति संकलन हुने र त्यसलाई प्रतिवेदन बनाएर सार्वजनिक गरिने भए पनि यो पटकको चुनावमा पर्यवेक्षण गर्न अहिलेसम्म संघसंस्थाको रोजाइमा नुवाकोट देखिएको छैन।

Shivam cement

निर्वाचन पर्यवेक्षणका लागि सम्बन्धित सङ्घसंस्थाले आयोगबाट लिएको अनुमतिको लिखित जानकारी जिल्लामा गराएपछि उनीहरूको गतिविधिबारे जिल्ला निर्वाचन कार्यालयले सूचीकृत गर्नेदेखि प्रतिवेदनसमेत तयार गर्नु पर्दछ। पर्यवेक्षण गर्ने सङ्घसंस्थाले पनि पाएको तथ्यका आधारमा तयार गर्ने प्रतिवेदन जिल्लास्थित निर्वाचन कार्यालय वा आयोगको कार्यालयमा बुझाउनु पर्दछ।  -रसस

प्रकाशित: Nov 15, 2022| 23:00 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...