सोमबार, असार ८, २०८३

मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्लामा

उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

सुर्खेत- मंसिरका हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री  ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।

National life

उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो। 

हिमपातले न्यालु लेख  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त  निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।

लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र  निर्वाचन सामग्री लिमी जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए।

प्रकाशित: Nov 15, 2022| 16:43 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...