सोमबार, असार ८, २०८३

मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

मौन अवधिमा प्रचार–प्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

चितवन– आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रचार–प्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ। आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ। मौन अवधिमा प्रचार–प्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन्। 

National life

तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा गठबन्धन दल र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिए पनि यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनौती दिने मतदाताको आकलन छ। प्रमुख राजनीतिक दलहरूले भरतपुरमा चुनावीसभा सम्पन्न गरिसकेका छन्। सत्ता गठबन्धनले शनिबार  भरतपुरको गेस्टहाउस चौरमा जनसभा गरेको छ भने सोही ठाउँमा नेकपा एमालेले सोमबार जनसभा गरिसकेको छ। 

शनिबारको जनसभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अझै केही वर्ष यही गठबन्धन कायम रहने भन्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले चुनाव जित्नुपर्ने धारणा राखे । 

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई जनमतसंग्रहको संज्ञा दिँदै गठबन्धनका उम्मेदवार विजयी भए मात्र देशमा स्थायित्व कायम हुने बताए। 

उनले चितवनबाट गोरखा जानुको कारण बताउँदै आफू चितवनकै स्थायी बासिन्दा भएको प्रस्ट पारे। प्रचण्डले निर्वाचनपछि गठबन्धनको सरकार बन्ने बताउँदै उम्मेदवारलाई मत मागे। 

Shivam cement

गठबन्धनले सभा गरेको दुई दिनपछि सोही ठाउँमा एमालेले आयोजना गरेको जनसभामा एमाले अध्यक्ष केपी ओलीले एमालेको सरकार निर्माण भए मात्रै देशमा स्थिर सरकार आउने दाबी गरे। 

गठबन्धन र एमाले दुवैका जनसभा सकिएपछि प्रमुख पार्टीका उम्मेदवार मंगलबार र बुधबार  जनमत धेरै भएको क्षेत्रमा केन्द्रित घरदैलो र कोणसभा गर्दैछन्। उम्मेदवार व्यक्तिगत रुपमा मतदाता भेट्ने र फोन गरेरसमेत मत मागिरहेका छन्। 

घरदैलोका क्रममा भेट्न नपाएका मतदातालाई गठबन्धनका उम्मेदवारले फोनमार्फत कुरा गरेर मत मागिरहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए। 

उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अन्तिम कसरतमा लागेको भन्दै पार्टीले कार्यकर्ता व्यापक रुपमा परिचालन गरेको जानकारी दिए। 

माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले धेरैभन्दा धेरै मतदाता भेटघाट गर्न उम्मेदवार घर–घरमा गइरहेको बताए। उनले निर्वाचनको सँघारमा कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय नगरिसकेका मतदातालाई आफ्नो पक्षमा पार्न गठबन्धन लागिरहेको जानकारी दिए। एमाले चितवनका उपसचिव प्रकाश ढुंगानाले पार्टीका उम्मेदवार अबको तीन दिन घरदैलो र जनता भेटघाटमा नै केन्द्रित हुने बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यस पटक जनसभाको आयोजना नगर्ने तर घरदैलो र कोणसभा मौन अवधि सुरु हुनुभन्दा अघिसम्म गर्ने भएको छ। राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले पार्टीले घरदैलोलाई नै प्राथमिकता दिएको भन्दै मंगलबार एक दर्जन बढी ठाउँमा भेटघाटका कार्यक्रम आयोजना गरिएको जानकारी दिए।  

राष्ट्रिय स्वतन्त्र पार्टीले भने अन्तिम कसरतका रुपमा १ मंसिरमा नारायणी नदी किनारमा जनसभा गर्ने जनाएको छ। पार्टी सभापति रवि लामिछानेले तीन दिन चितवन केन्द्रित घरदैलो गर्ने बताए। चितवनका तीनवटै निर्वाचन क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवार बनेकाहरूले पनि मतदाता रिझाउन अन्तिम दौडधुपमा लागेका छन्। जिल्लामा ४ लाख ८ हजार ३४२ मतदाता छन्।–रासस

प्रकाशित: Nov 15, 2022| 14:13 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...