बिहीबार, वैशाख १३, २०८१

पाल्पामा यस्तो छ चुनावी जोडघटाउ

एउटै पार्टीमा काम गरेका नेताहरुबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। पाल्पा २ को निर्वाचन यसपटक रोचक बनेको छ। २०७४ मा नेकपा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार भएका सोमप्रसाद पाण्डे गठबन्धनबाट उम्मेदवार छन्। संसद् विघटनपछि पाण्डे एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा लागेका हुन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

विनोद परियार

विनोद परियार

मंगलबार, कात्तिक २९, २०७९

बुटवल– प्रतिनिधिसभातर्फ दुई क्षेत्र र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा निर्वाचनको चुनावी माहोल ह्वात्तै बढेको छ। पुराना र नयाँ अनुहारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिएका छन्। 

triton college

एउटै पार्टीमा काम गरेका नेताहरुबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। पाल्पा २ को निर्वाचन यसपटक रोचक बनेको छ। २०७४ मा नेकपा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार भएका सोमप्रसाद पाण्डे गठबन्धनबाट उम्मेदवार छन्। संसद् विघटनपछि पाण्डे एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा लागेका हुन्। 

पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश अध्यक्ष रहेका पाण्डेलाई सत्ता गठबन्धनले साथ दिएको छ। एमालेबाट भने पोलिटब्युरो सदस्य ठाकुर गैरे पाण्डेसँग चुनावी भिडन्तमा छन्। पाण्डेले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका हरिप्रसाद नेपाललाई ११ हजार मतान्तरले हराएका थिए। ०७४ मा प्रतिस्पर्धी कांग्रेस नेता नेपाल सोमप्रसादलाई जिताउन चुनावी प्रचारमा खटिएका छन् भने ०७४ मा पाण्डेलाई जिताउन खटिएका गैरे प्रतिस्पर्धी बनेका छन्। दुवै नेता घरदैलोमा व्यस्त छन्। 

क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका विर बहादुर राना र एमोलेबाट पर्शुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका वसन्त घर्ती र एमालेबाट ओम बहादुर घर्ती चुनावी मैदानमा होमिएका छन्। २०५१ देखि २०७४ सम्म लगातार उम्मेदवार भएका छन् पाण्डे।

२०६४ को संविधानसभा सदस्य निर्वाचन बाहेक ४ वटै निर्वाचनमा विजयी भएका पाण्डे पुरानै अनुहार हुन्। पार्टी विभाजनपछि अवसर पाएका ठाकुर गैरे नयाँ अनुहार हुन्। पाण्डेले पाल्पाको विकासमा आफूले निरन्तर काम गरेको र केहि अधुरा आयोजना समेत पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सत्ता गठबन्धन र विकास निर्माणमा गरेको योगदानका कारण आफ्नो जित सुनिश्चित भएको दावी गरे। ‘कसैले पनि दोष लगाउने गरी मैले काम गरेको छैन। निजी स्वार्थमा लागेको विषयमा खोट लगाउने अवस्था छैन,’ उनले भने। 

corrent noodles
Metro Mart

सोमप्रसाद पाण्डे।
त्यस्तै, नेकपा एमालेबाट प्रतिद्वन्द्वी भएका ठाकुर गैरेले नयाँ अनुहारका रुपमा आफू पाल्पाली जनताको माझमा आएको बताए। उनले पाल्पाको पर्यटन विकास, पाल्पाली जनताको भावनालाई सम्बोधन गर्नका लागि आफूले जित्ने बताए। पाल्पा २ मा स्थानीय तहमा वडाध्यक्षले पाएको मत परिणामअनुसार नेकपा एमालेले ३० हजार ५६६, कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३, नेकपा एसले ४ सय ३३ र राप्रपाले ३३६ मत पाएका छन्। 

ठाकुर गैरे।
यता पाल्पा क्षेत्र नम्बर १ मा भने प्रतिनिधिसभाका लागि गठबन्धन र एमालेबाट दुवै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन्। गठबन्धनको साझा उम्मेदवारमा कांग्रेसका जिल्ला उपसभापति ज्ञानबहादुर गाहा र एमालेबाट नारायणप्रसाद आचार्य प्रतिस्पर्धामा छन्। गत ०७४ को प्रतिनिधिसभामा एमालेबाट दल बहादुर राना र कांग्रेसबाट विजयराज घिमिरेबीच चुनावी प्रतिस्पर्धा भएको थियो। 

एमालेका रानाले घिमिरेलाई ८ हजार मातान्तरले हराएका थिए। २०५१ सालदेखि निरन्तर चुनाव जित्दै आएको एमालेले २८ वर्षदेखि आफ्नो वर्चश्व कायमा राख्दै आएको छ। यसपटक भने गठबन्धन र एमालेबीचको प्रतिस्पर्धाले एमालेको गढ भत्किन्छ कि कांग्रेसको विजय सुरुवात, त्यो भने मंसिर ४ को निर्वाचनले नै निर्धारण गर्ने छ।

क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका श्यामकान्त खनाल र एमालेबाट राजु प्रसाद श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ भने प्रदेश सभा २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शंकर खनाल र एमालेका खेम बहादुर सारु चुनावी मैदानमा छन्। 

विगतमा एमालेले जिते पनि पूर्वी पाल्पाको विकासमा कुनै परिवर्तन नआएकाले यस पटक जनताले गठबन्धनलाई जिताउने दाबी गाहाले गरेका छन्। पाल्पा १ मा गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाअध्यक्षले पाएको मत परिणामअनुसार एमाले ३४ हजार ७७१, कांग्रेस २७ हजार १५०, माओवादी ११६४, राप्रपा २२३ मत प्राप्त गरेका छन्। 

एमालेका आचार्यले भने पूर्वको विकासमा आफू निरन्तर लागेकाले जित्ने दावी गरे। पाल्पामा यो पटक २ लाख १ हजार ३ सय २९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।


प्रकाशित: Nov 15, 2022| 14:04 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।