सोमबार, असार ८, २०८३

आकाश र स्मारिका अभिनीत दामी देखिन्छ बजारमा

गायिका कमला रेग्मीले 'तिमीलाई दामी देखिन्छ' बोलको गीति सामाग्री सार्वजनिक गरेकी छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- गायिका कमला रेग्मीले 'तिमीलाई दामी देखिन्छ' बोलको गीति सामाग्री सार्वजनिक गरेकी छन्। प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत-संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले चर्चित गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन्।

National life

यस गीतमा रविमानसिंह बस्नेतको शब्द तथा चर्चित गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ भने यो गीतको लागि ट्र्याक एरेञ्ज कमल सौरागले गरेका छन्। 

गीतको भिडियोमा चलचित्र नायक आकाश श्रेष्ठ र पछिल्लो पुस्तामाझ लोकप्रिय रहेकी मोडल स्मारिका ढकालको रोमाञ्चक अभिनय र नृत्य रहेको छ। निकेश खड्काको निर्देशनमा राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोको छायाङ्कन बुद्ध थापाले गरेका छन् भने सम्पादन र कलर करेक्सन विकास धमलाले गरेका छन्। 

भिडियोलाई रामजी खाँड अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ। 

प्रकाशित: Nov 15, 2022| 12:24 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।