शुक्रबार, साउन १, २०८३

जुडो टोलीको विदाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार विदाइ गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच विदाइ गरे।

सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुष ९० केजीमुनि रविन श्रेष्ठ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम रहेका छन्। महिलामा मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र फुपुल्हामु खत्रीले ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन्।

प्रशिक्षकमा मनोजबहादुर केसी र व्यवस्थापकमा प्रमोदप्रसाद नेपाल छन्। आईजेएफ एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य समेत रहेका नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि बाकु जाने छन्। वज्राचार्य शुक्रबार जाँदैछन् भने बाँकी टोली सेप्टेम्बर १७ तारिखमा जाने कार्यक्रम छ।

दुई खेलाडी फुपु र मोहन हाल क्रमशः जापान र अस्ट्रेलियामा रहेकाले उनीहरु त्यत्तैबाट बाकु जाने जुडो संघले जनाएको छ । मोहन बाहेक सबै खेलाडीले यसै महिना इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।