सोमबार, असार ८, २०८३

नाट्य महोत्सवमा सहभागिता जनाउन नेपाल आउँदै भारतीय अभिनेत्री शबाना आजमी

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रूपमा सहभागी हुन शबाना काठमाडौं आउन लागेकी हुन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– भारतीय प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन्। उनी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रूपमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन्। 

National life

९ मंसिरमा सुरु हुने महोत्सव उद्घाटनमा आयोजक मण्डला थिएटरले रंगमञ्च र चलचित्रमा ख्याति कमाएकी अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो।

सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधिताको उत्सव नारासहित हुने महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारलाई ‘मास्टरक्लास’ दिने कार्यक्रम रहेको महोत्सवकी निर्देशक सिर्जना सुब्बाले बताइन् । 

मास्टर क्लास महोत्सवको दोस्रो दिन १० मंसिर बेलुकी साढे ७ बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ। अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकका तर्फबाट पुरस्कृत गर्ने महोत्सव संयोजक विजया कार्कीले जानकारी दिइन्। 

शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन्। विशिष्ट र अपरम्परागत महिला चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्मश्री’ र सन् २०१२ मा ‘पद्मभूषण’बाट सम्मान गरेको थियो। 

Shivam cement

मण्डला थिएटरमा १७ मंसिरसम्म हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता रहनेछ। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्।

प्रकाशित: Nov 14, 2022| 16:52 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।