सोमबार, असार ८, २०८३

पुरानै एजेन्डामा मत माग्दै बागलुङका उम्मेदवार

मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारले नयाँ एजेण्डा देखाउन सकेका छैनन्। पुरानै एजेण्डा समेटिएको घोषणापत्रले मतदातालाई विश्वास दिलाउन सकेको छैन।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

ढोरपाटन- आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारले आफ्ना घोषणापत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उम्मेदवार घोषणापत्र बोकेरै मतदातासाग भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन्। मतदाता रिझाउन उनीहरूले घोषणापत्रमा महत्वकाङ्क्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ। 

National life

मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारले नयाँ एजेण्डा देखाउन सकेका छैनन्। पुरानै एजेण्डा समेटिएको घोषणापत्रले मतदातालाई विश्वास दिलाउन सकेको छैन। स्थानीय टीकाराम शर्माले अहिलेसम्म उम्मेदवारले सार्वजनिक गरेका घोषणापत्रमा मतदाता झुक्याउने र भोट फुत्काउनेबाहेक अरु एजेण्डा समावेश नभएको बताए।  

शर्माले भने, ‘मैले सबै दलका उम्मेदवारको घोषणापत्र हेरे, पढेँ, तर कुनै पनि नयाँ योजना पाइन, सबै पुराना योजना समेटेका छन्, घोषणापत्रमा वर्षौंदेखि काम हुन नसकेका योजना पनि राखेको देखियो, यो सबै मतदाता झुक्याउने मात्रै भयो, पहिलेको एजेण्डा जे थियो अहिले पनि त्यही छ, यो त सिधै मतदाता झुक्याउने उपाय भयो नि, यहाँ शिक्षा, स्वास्थ्यको अवस्था निकै दयनीय छ, एजेण्डा भने ठूलाठूला मात्रै छन्, पहिला साना काम गरे पो जनताले पनि पत्याउँछन्।’

शर्माले जनताले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार चाहेको भन्दै यस्ता विषयलाई कम प्राथमिकता दिएको बताए। उम्मेदवारले ल्याएका चुनावी एजेण्डामा नयाँपन पटक्कै नदेखिनुले सबै उम्मेदवार परम्परागत मात्रै रहेछन् भन्ने देखाएको उनको भनाइ छ। चुनावी एजेण्डा सबै दलका एउटै रहेको भन्दै ती योजनासमेत पुरा नगर्ने उनले बताए।

‘अहिलेका घोषणापत्रमा एउटा पनि नयाँपन छैन, सबै पुराना छन्, अघिल्लो पटक भोट माग्न आउँदा पनि यही सुनाउँथे, अहिले पनि यही सुनाउँछन्’, उनले भने, ‘हामी मतदाता उनीहरूको योजना मात्रै सुन्ने भइयो, विकास देख्न र उपभोग गर्न पाइने भएन, एउटै योजना गछौँ भनेको वर्षौं भयो तर अहिले पनि उही एजेण्डा सुनाएर भोट माग्छन्।’

Shivam cement

ढोरपाटन-२ का दीपक खत्रीले उम्मेदवारको एजेण्डामा गरिब, दुःखी र अपाङ्गता भएका व्यक्ति मुद्दा समावेश हुन नसकेको बताए। उनले वर्षौँदेखि स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका विषयलाई प्रमुख एजेण्डा बनाए पनि अवस्था कति पनि फेरिन नसकेको बताए। निर्वाचित हुने उम्मेदवारले एजेण्डाअनुसार काम नगर्दा जनताले विश्वास गर्न छाडिसकेको उनको भनाइ छ।

‘चुनावकाबेला निकै महत्वकाङ्क्षी योजना सुनाएर भोट माग्छन्, चुनाव जितेपछि कता हराउँछन्, मैले थाहा पाउने भएदेखि अहिलेसम्म जति पनि चुनाव भए नेताहरुको एजेण्डा स्वास्थ्य, शिक्षा, रोजगार नै भयो, तर काम गरेको भने केही देखिँदैन’, खत्रीले भने, ‘सडकको अवस्था हेर्नुस् कस्तो छ, शिक्षाको हालत उस्तै, रोजगारको त झन के कुरा गरौँ दिनदिनै युवा विदेश पलायन भइरहेका छन्, यहाँका कुनै पनि नेताले एउटा पनि युवालाई रोजगार दिएका छैनन्, बरु पासपोर्ट बनाइ दिएर विदेश पठाएका छन्।’

उनले एजेण्डाअनुसारको काम भएको भए पश्चिम बागलुङमा न्यूनतम विकासका पूर्वाधार निर्माण भइसक्ने ब। एउटा सामान्य योजना पूरा गर्न वर्षौं लाग्ने र पटकपटक चुनावमा उही एजेण्डा लिएर आउने गरेको उनको भनाइ छ। खत्रीले भने, ‘एजेण्डा राम्रो लिएर के गर्ने काम गर्दैनन्, चुनावैपिच्छे एउटै एजेण्डा हुन्छ, एउटा योजना पूरा गर्न वर्षौं लगाउँछन्, चुनावका बेला आएर हामीहरूलाई अनेक आश्वासन दिन्छन्, काम गर्दैनन्।’

स्थानीय पवित्राकुमारी विकले आफूहरू वर्षौँदेखि खानेपानीको समस्या भोगिरहेको भन्दै चुनावका बेला आश्वासन मात्रै दिने गरेको बताए। उनले हरेक चुनावका बेला घरघरमा पानी धारो निर्माण गरिदिने भन्दै घोषणापत्रमै लेखे पनि अहिलेसम्म काम भने गर्न नसकेको बताए।

‘हामीहरु वर्षौंदेखि खानेपानीको अभावमा काकाकूल जस्तै बनेका छौँ, चुनावका बेला किताबमै एक घर एक धारा बनाउँछौँ भनेर लेखेका हुन्छन्, नेताले पनि हामी तपाईहरुका लागि काम गछौँ भन्छन् तर चुनाव सकिएपछि कहाँ लापत्ता हुन्छन्’, विकले भने, ‘अहिले पनि चुनाव आयो फेरि पनि त्यही कुरा गरेर भोट माग्छन्।’  -रासस

प्रकाशित: Nov 14, 2022| 16:15 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...