सोमबार, असार ८, २०८३

कूटनीतिक नियोगलाई निर्वाचन तयारीबारे ब्रिफिङ

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोग अपेक्षा गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाको धारणा।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगलाई अवगत गराएको छ। सोमबार आयोगले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो।

National life

कान्तिपथस्थित आयोग मुख्यालय बहादुर भवनमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको बताए।निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोग अपेक्षा गरिएको उनको धारणा छ। 

आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षकबारे कूटनीतिक नियोगलाई विस्तृत जानकारी गराएका थिए। निर्वाचनमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्त्वपूर्ण मानिएको मतपेटिका सुरक्षाका लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरी व्यवस्था मिलाइएको उनले बताए। 

भट्टराईले ३ अन्तर्राष्ट्रिय संस्था, ४४ राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमन अधिकार दिइएको र निर्वाचनमा ८ हजार पर्यवेक्षण परिचालन गरिएको जानकारी दिए।

कार्यक्रममा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिले संविधानमा उल्लेख भएअनुसार महिला सहभागिताबारे चासो राखेको आयोगले बताएको छ।

Shivam cement

प्रकाशित: Nov 14, 2022| 14:52 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...