शुक्रबार, साउन १, २०८३

फ्रान्सका कप्तान लोरिसलाई २० महिना प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

लन्डन (एजेन्सी)-विश्वकप विजेता तथा फ्रान्सका कप्तान ह्युगो लोरिसलाई २० महिना सवारि साधन चलाउनबाट प्रतिबन्ध लगाएको छ। पेयपदार्थ पिएर ड्राइभिङ गरेको आरोपमा लोरिसलाई २० महिने सवारि साधन चलाउनबाट प्रतिबन्ध लगाईएको हो। 


ब्रिटिस मिडियाका अनुसार ३१ बर्षीय टोटनह्याम हटस्परका गोलकिपर लोरिसले पछिल्लो महिना पयेपदार्थ पिएर ड्राइभिङ गर्नु पाउने नियम भन्दा अधिक पिएर ड्राइभिङ गरेको भन्दै लन्डन केन्द्रिय पुलिसले पक्राउ गरेका थियो। जुलाईमा फ्रान्ससँग विश्वकप विजेता लोरिसलाई लन्डन केन्द्रिय पुलिसले ५० हजार पाउण्डको जरिवना तिराएको थियो।

लोरिसलाई १५ किलोमिटर प्रति घण्टाको बाटोमा ३० किलोमिटर प्रति घण्टाको गतिमा गाडी गुडाइरहेको पाइएको थियो। 

लोरिसले आफुलाई सुधार्नका लागि एक बर्ष आफ्नो गाडी चलाउन बन्द गर्नु पर्ने अदालतले आदेश दिएको छ। डिफेन्डर डेभिड सोनले भने, ‘आशिर्वादले उनी दुर्घटनाबाट बचे। १५ जुलाईमा आफुलाई गर्भ गर्ने व्यक्ती लोरिस त्यसको ४० दिन पछि पक्राउ परे। उनी रातारात पुलिस स्टेसन पुगे।’ 

उनले पैदल यात्रीहरुलाई कुनै प्रकारको नोक्सान पुर्‍याएनन्। ‘लोरिस जस्तो रोल मोडलले नियम उलंघन गरेको स्वीकार गर्नु एक आदर्श मोडल देखाएको ब्रिटिस रोड चेकजाँचका निर्देशक जोसुए हारिसले बताए  २०१२ मा ओलम्पिक लियोनाइसबाट स्पर्समा अनुबन्ध भएका लोरिसले पछिल्लो महिना पुलिसद्धारा लागेको आरोप पछि माफी मागेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।