बिहीबार, वैशाख २०, २०८१

तनहुँमा निर्वाचनको सामग्री बुझाउने काम मात्र बाँकी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ। निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

रासस

रासस

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ। निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

triton college

क्षेत्र नम्बर १ र २ मा खटिने मतदान र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरिएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका तीन सय चार र क्षेत्र नम्बर २ अन्तर्गतका तीन सय छ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम सम्पन्न भएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए। 

तालिममा कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएको छ। 

मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ। 

मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए। केसीले आचारसंहिता बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै भने, “निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्षरुपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ।”

corrent noodles
Metro Mart

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुत बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे। “मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुत बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिँदैन”, उनले भने, “ढुक्क भएर निष्पक्षरुपमा जिम्मेवारी वहन गर्नेतर्फ ध्यान दिनुहोला।” मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यरुपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ अर्यालले बताए।

जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र अब सामग्री बुझाउन मात्र बाँकी रहेको निर्वाचन अधिकारी ढकालले बताए। “कात्तिक २९ गतेबाट मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउने काम हुन्छ, मङ्सिर १ गते सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने हुन्छ।” 

निर्वाचन कार्यालयले निर्वाचन अधिकृतको कार्यालयमा सामग्री ढुवानी गरिसकेको छ। सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री वितरण हुने भएकाले तनहुँ क्षेत्र नम्बर २ का लागि निर्वाचन अधिकृतको कार्यालयमा सामग्री पठाइएको छ। “यसपटक सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीलाई सामग्री वितरण गरिने भएकाले क्षेत्र नम्बर २ का लागि आवश्यक सामग्री पठाएका छौँ”, उनले भने, “क्षेत्र नम्बर १ को कार्यालय दमौलीमा नै भएकाले केही दिनमा पठाउँछौँ।”

निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री प्याकिङ गरेर पठाइएको छ। प्रति मतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइनेछ। निर्वाचनका लागि तनहुँमा तीन हजार तीन सय ६० कर्मचारी आवश्यक पर्नेछन्। त्यसमध्ये दुई हजार चार सय ४० कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त गरिने मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले बताए। त्यसका अलावा सम्बन्धित मतदान केन्द्रमा एक हजार दुई सय २० स्वयंसेवक नियुक्त गरिनेछ। 

आँबुखैरेनी गाउँपालिकामा कूल एक सय ३६, ऋषिङ गाउँपालिकामा दुई सय, घिरिङ गाउँपालिकामा एक सय ३६, देवघाट गाउँपालिकामा एक सय १९, बन्दीपुर गाउँपालिकामा एक सय ६८, भानु नगरपालिकामा तीन सय ९२, भिमाद नगरपालिकामा दुई सय ४८, म्याग्दे गाउँपालिकामा एक सय ६०, व्यास नगरपालिकामा चार सय ४७ र शुक्लागण्डकी नगरपालिकामा एक सय ८९ जनशक्ति परिचालन गरिनेछ।

जिल्लाका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गर्दैछन्। गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार आठ सय ६९ बढी मतदाता थपिएका छन्। विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता रहेका थिए। 

प्रकाशित: Nov 14, 2022| 07:05 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...