मंगलबार, फागुन १९, २०८२

अफगान सेनाद्वारा ६ जना आईएस लडाकु पक्राउ

'गोप्य सूचनाको आधारमा खालिद बिन वालिद कोर्प्सका कर्मचारीहरूले नान्गाहार प्रान्तको खावरेजको गोप्य ठाउँमा छापा मारी छ जना लडाकुहरूलाई गिरफ्तार गरेको' विज्ञप्तिमा जनाइएको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काबुल- अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा बताइएको छ।

'गोप्य सूचनाको आधारमा खालिद बिन वालिद कोर्प्सका कर्मचारीहरूले नान्गाहार प्रान्तको खावरेजको गोप्य ठाउँमा छापा मारी छ जना लडाकुहरूलाई गिरफ्तार गरेको' विज्ञप्तिमा जनाइएको छ।  

पक्राउ परेका आतङ्ककारीहरूको लुकेर बसेको ठाउँबाट एके-४७ असल्ट राइफलसहित थुप्रै हतियार र गोलाबारुदहरू पनि फेला परेको  बताइएको छ।

तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले अफगानिस्तानमा आईएस समूहको कथित उपस्थितिलाई गम्भीर खतराको रूपमा अस्वीकार गरेको छ यद्यपि  सुरक्षा बल कडा निगरानी राख्दै प्रतिकारमा चनाखो देखिएको छ। -सिन्ह्वा


kumari

प्रकाशित: Nov 14, 2022| 02:05 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।