बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इजरायली राष्ट्रपतिद्वारा नेतन्याहूलाई सरकार गठनका लागि निर्देशन

इजरायली राष्ट्रपतिद्वारा नेतन्याहूलाई सरकार गठनका लागि निर्देशन

राष्ट्रपति हर्जोगले गत वर्ष सत्ताच्युत हुनुअघिसम्म इजरायलका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेतन्याहूलाई जेरुसेलममा आयोजित एक समारोहमा आफूले सरकार गठनको जिम्मेवारी दिएको बताएका थिए।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

जेरुसेलम- इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नेता बेन्जामिन नेतन्याहूलाई नोभेम्बर १ मा भएको निर्वाचनपछि आइतबार नयाँ सरकार गठनका लागि अनुमति प्रदान गरेका छन्। राष्ट्रपति हर्जोगले गत वर्ष सत्ताच्युत हुनुअघिसम्म इजरायलका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेतन्याहूलाई जेरुसेलममा आयोजित एक समारोहमा आफूले सरकार गठनको जिम्मेवारी दिएको बताएका थिए।

triton college

हर्जोगले भने– ‘पार्टीका नेताहरूसँगको परामर्शपछि परिणाम स्पष्ट भएको छ र सरकार गठनको जिम्मेवारी बेन्जामिन नेतन्याहूलाई दिनुपर्छ।’ हर्जोगले भ्रष्टाचारको आरोपमा उदारवादी नेता नेतन्याहूमाथि चलिरहेको मुद्दाबारे पनि चर्चा गर्दै यो अनुसन्धानको क्रममा रहेको बताए।

इजरायलका उदारवादी नेता नेतन्याहुले आफुमाथि लाग्दै आएको भ्रष्टाचार आरोपलाई अस्वीकार गर्दै आएका छन्। हर्जोगले भने– ‘जेरुसेलम जिल्ला अदालतमा नेतन्याहूविरुद्ध कानुनी कारबाही चलिरहेको छ भन्ने तथ्यबाट म बेखबर छैन र म यसलाई तुच्छ मान्दिनँ।’

तर उनले आरोपको प्रतिवाद गर्दा नेतन्याहूले प्रधानमन्त्रीको रूपमा काम गर्न सक्ने कुरा हालैको नजिरले स्पष्ट पारेको छ। एएफपी


प्रकाशित: Nov 14, 2022| 00:05 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।