सोमबार, असार ८, २०८३

दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने

तुलसीपुर कारागारबाट ९१ र घोराही कारागारबाट ५० जना मतदानमा सहभागी हुन पाउने भएका छन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- दाङमा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। जिल्लाका दुई कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा एक सय ४१ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने घोराही कारागार कार्यालयका प्रमुख वासुदेव खनालले जानकारी दिए।

National life

तुलसीपुर कारागारबाट ९१ र घोराही कारागारबाट ५० जना मतदानमा सहभागी हुन पाउने भएका छन्। घोराही कारागारमा तीन सय ४९ कैदीबन्दी रहेको भए पनि मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने उनले जानकारी दिए। 

कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिएको र त्यसका लागि मतदान गराउन कारागारमै कर्मचारी पुग्ने उनको भनाइ छ। जिल्लामा दुई ठाउँमा अस्थायी मतदानस्थल राखिने भएका छन्। त्यसमा घोराही कारागार कार्यालय र तुलसीपुर कारागार कार्यालय रहेका छन्।

यी दुई मतदानस्थलबाट कैदीबन्दी, कर्मचारी र शिक्षकले पनि मतदान गर्न पाउने छन्। कार्यालयका प्रमुख खनालका अनुसार नामावली संकलनको अवधिमा कारागारमा रहेका सबै कैदीबन्दीले अवसर नपाएका कारण धेरै भोट हाल्नबाट छुटेका छन्।

‘कारागार कार्यालयमै सबै कैदीबन्दीको नामावली संकलनको व्यवस्था भएको भए सबै मतदानमा सहभागी हुने थिए’, उनले भने, ‘तर सबै कैदीबन्दीको नामावलीमा नाम नभएको हुँदा धेरै छुटेका छन्।’ तुलसीपुर कारागारमा हालसम्म पाँच सय ८४ कैदीबन्दी रहेका छन्। त्यसमध्ये ७७ पुरुष र १४ महिला मदतानमा सहभागी हुन पाउने तुलसीपुर कारागार कार्यालयका निमित्त जेलर रम्बा केसीको भनाइ छ।

Shivam cement

प्रकाशित: Nov 13, 2022| 23:05 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...