आइतबार, वैशाख १६, २०८१

चार साताको अभ्यासले दिलाएको उपाधि

युवा खेलाडीबाट फुटबलमा लगानी थालेको बंगलादेशले पछिल्लो समय यू–१९, यू–१८ र सिनियरसम्मकै साफ च्याम्पियनसिप जितिसकेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराएर नेपाली यू–१५ टिमले साफमा पहिलो उपाधि जितेको छ। नेपाली महिला फुटबल टिमको उपलब्धिलाई आगामी दिनमा पनि निरन्तरता दिन सबै पक्षको साथ र समर्थन आवश्यक छ।
 |  आइतबार, कात्तिक २७, २०७९

विनय सापकोटा

विनय सापकोटा

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं– नेपालको यू–१५ महिला टिमले साफमा पहिलो उपाधि जितेको छ। पछिल्लो समय भारत बाधक बन्दै आएको दक्षिण एसियाली स्तरको प्रतिस्पर्धामा नेपालले खासै उपाधि जित्न सकिरहेको छैन।

triton college

‘खोज्दै जाँदा यसअघि सन् २०१४ श्रीलंकामा भएको एएफी यू–१४ महिला साउथ एन्ड सेन्ट्रल एसियन च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो,’ पत्रकार निरन्जन राजवंशीले सामाजिक सन्जाल फेसबुका लेखेका छन्। उमेर समूहको नेपाली टिमले त्यसयता कुनै उपाधि जितेको छैन।

महिला फुटबलको कुरा गर्ने हो भने बंगलादेश नयाँ शक्तिको रूपमा उदाएको छ। युवा खेलाडीबाट फुटबलमा लगानी थालेको बंगलादेशले पछिल्लो समय यू–१९, यू–१८ र सिनियरसम्मकै साफ च्याम्पियनसिप जितिसकेको छ।

बंगलादेशी प्रशिक्षक स्लाम रवानी छोटोनले ती उपाधिले यू–१५ टिमलाई हौसला मिलेको बताएका थिए। छोटोनको प्रतियोगिताअघिको प्रतिक्रिया थियो, ‘अहिले सिनियर टिमले नेपालमा साफ च्याम्प्यिनसिपमा जित निकालेका कारण हाम्रा जुनियर खेलाडी उत्साही छन्। हामी यो उपाधि जित्न चाहन्छौं।’ 

यू–१५ कै कुरा गर्दा यसअघिका दुवै संस्करणको विजेता भारत थियो। त्यहाँ यू–१७ विश्वकप सकिन लागेका कारण साफमा सहभागी थिएन। नेपाल पछिल्लो दुई संस्करणको फाइनलमा पनि पुग्न सकेको थिएन। भारतसँगै बंगलादेश फाइनलमा पुगेको थियो र हार बेहोरेको थियो। तर गत शुक्रबार बंगलादेशको यू–१५ टिमलाई हराउँदै नेपालले यू–१५ महिला साफ च्याम्पियनसिको उपाधि जित्यो।

corrent noodles
Metro Mart

नेपालको यू–१५ टिमले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधिसमेत हो। ‘कोभिडपछि सबैभन्दा युवा खेलाडीले पहिलो खेलमा उपाधि जित्यौं। त्यसैले अब ग्रासरुटबाटै प्रमाणित गर्दै जानुपर्छ हामी गर्न सक्छौं भन्ने,’ नेपाली महिला खेलाडीको भविष्यलाई संकेत गर्दै यू–१५ टिमकी मुख्य प्रशिक्षक भगवती राना मगरले भनिन्, ‘तयारी थोरै समय भए पनि टिम मोटिभेसन र ग्रुप मोटिभेसन राम्रो थियो। युवा टिमलाई मोटिभेसन जरुरी थियो। त्यो दिन सक्यौं। अब यसलाई मलजल गर्नुपर्नेछ।’

डबल राउन्ड रोबिन शैलीमा भएको प्रतियोगितामा शीर्ष स्थानमा रहँदै नेपालले उपाधि जित्यो। ‘अगाडिकै रणनीति कायम राख्दै अन्तिम खेलमा पनि जितको लक्ष्य राखेका थियौं। लिड गरिरहेको अवस्थामा गोल खान पुग्यौं। बराबरी मात्र भयो,’ स्वदेश फर्किएपछि मुख्य प्रशिक्षक रानाले भनिन्, ‘अन्तिममा बंगलादेशले पेनाल्टी पायो तर गोलकिपरले बचाएपछि त्यो दिन हाम्रो पक्षमा रहेजस्तो लागेको थियो।’

युवा खेलाडीबाट फुटबलमा लगानी थालेको बंगलादेशले पछिल्लो समय यू–१९, यू–१८ र सिनियरसम्मकै साफ च्याम्पियनसिप जितिसकेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराएर नेपाली यू–१५ टिमले साफमा पहिलो उपाधि जितेको छ। नेपाली महिला फुटबल टिमको उपलब्धिलाई आगामी दिनमा पनि निरन्तरता दिन सबै पक्षको साथ र समर्थन आवश्यक छ

उनले नेपाली टिमको जितका लागि सबै ‘क्रेडिट’ मिहिनेत गर्ने खेलाडीलाई दिएकी छन्। उनले भनिन्, ‘एन्फा, स्टाफ र जति पनि फुटबल फ्यान हुनुुहुन्छ, उहाँहरूको पनि जित हो। सबै नेपालीको खुसी हो।’

यता, बंगलादेशको टिम पनि कमजोर थिएन। उनीहरूका खेलाडी एक वर्षबाट सँगै फुटबल सिकिरहेका थिए। ‘उनीहरू एक–अर्काबारे जानकार छन्। हाम्रै देशमा हुने खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ छोटोनले आफ्नो टिमको क्षमताबारे भनेका थिए। छोटोनले भनेजस्तै बंगलादेशी खेलाडी एकेडेमीमा सिकिरहेका हुन्। तर नेपालले भने खुला छनोट गरेर टिम बनाएको थियो।

जब प्रशिक्षक भगवतीले ती खेलाडी सुरुमा हेरिन्, उनीहरूको फुटबलको जुनुनबारे थाहा पाइहालिन्। ‘उनीहरूमा यसअघि नै फुटबलको ज्ञान थियो। शारीरिक रूपमा फिट र रणनीतिक गुण उनीहरूमा थिए। त्यसैले एक महिनाकै अभ्यासमा पनि मलाई धेरै कुरा सिकाउन सजिलो भयो,’ आफूले बंगलादेश लगेको टिमबारे प्रशिक्षको भनाइ छ, ‘उनीहरू अन्तर्राष्ट्रिय खेल नखेलेको भए पनि अनुभवी खेलाडी थिए। यसलाई निरन्तरता दिन सकियो भने अझै माथि पुग्न सकिन्छ।’

प्रतियोगितामा विजेता नेपालले १० अंक जोड्यो भने आयोजक बंगलादेशले ७ अंक बनायो। अन्तिम खेलअघि नेपालको ९ र बंगलादेशको ५ अंक रहेको थियो। प्रतियोगितामा उपाधिका लागि नेपाललाई बराबरी पनि ठीक थियो भने बंगलादेशलाई जित आवश्यक थियो।

तर निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी भएपछि नेपालले उपाधि जितेको हो। खेलको १४औं मिनेटमा समीक्षा मगरको सुशीला केसीले २५ यार्ड नजिकबाट गरेको प्रहार पोस्टमा छिरेको थियो। नेपाली मिडफिल्डर सेनु परियारले ड्रिबलिङबाट निकालेको बलमा गोलको अवसर सिर्जना भएको थियो। पहिलो हाफको खेल सकिएसँगै नेपाल एक गोलले अघि थियो। दोस्रो हाफमा बंगलादेशकी रुपना अख्तरले ५४औं मिनेटमा गोल फर्काएकी थिइन्।

खेलको ५४औं मिनेटमा बंगलादेशकी रुमा अख्तरले गोल गरेपछि खेल बराबरी भएको थियो। कर्नरबाट आएको बललाई उनले हेडमार्फत गोल गरेकी थिइन्। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बंगलादेशले राम्रा अवसर सिर्जना गर्‍यो। तर उसले केही पटक फिनिसिङमा गल्ती गर्‍यो भने केही पटक नेपाली गोलकिपरले रक्षा गरिन्।

अन्तिम खेलमा प्यलेयर अफ द म्याच बनेकी नेपाली गोलकिपर सुजता तामाङले अन्तिम  मिनेटमा पेनाल्टी बचाएकी थिइन्। नेपाली खेलाडीले पेनाल्टी बक्सभित्रै ह्यान्डबल गरेपछि बंगलादेशले पेनाल्टी अवसर पाएको थियो। जोयनब रिताले प्रहार गरेको पेनाल्टी सुजताले सहजै बचाइन् र खेललाई बराबरीमै राखिन्। 

प्रतियोगितामा बंगलादेशले नेपाललाई हराउन नसके पनि भुटानविरुद्ध सानदार जित निकालेको थियो। पहिले खेलमा भुटानलाई ८–० ले हराएको बंगलादेशले दोस्रो खेलमा ९–० को जित निकालेको थियो।

‘हामी पहिलो खेलमै उत्साही थियौं र त्यसको नतिजाले अघि बढ्न सहयोग गर्‍यो,’ उपाधिको मेडलमा सजिएकी मुख्य प्रशिक्षक भगवतीले भनिन्, ‘फर्ममा रहेको बंगलादेशसँग खेल्दा पनि जित निकाल्यौं। पहिलो हाफमा राम्रो खेल्न नसके पनि दोस्रो हाफमा गोल गर्दै जित निकालेका हौं। एक गोलले जितेपछि हामी हौसिएका थियौं।’

पछिल्लो दशकबाट महिला फुटबलमा उत्कृष्ट काम गरिरहेको बंगलादेशले उमेर समूहका सबै प्रतियोगिता जितिसकेको छ। दुई महिनाअघि काठमाडौंमा भएको महिला साफ च्याम्पियनसिपको उपाधि पनि बंगलादेशले नै जितेको थियो। त्यसपछि साफले महिलाकै यू–१५ को प्रतियोगिता गरेको हो।

दक्षिण एसियामा साफ यू–१५ टिम नयाँ हो। तीन देश सम्मिलित प्रतियोगितामा सबै खेलाडीले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरे। त्यसैले यो टिम दक्षिण एसियामा आउँदो महिला फुटबलको भविष्यको रूपमा रहेको छ।

‘यो उपाधिले धेरै कुरा प्रमाणित गरेको छ। यसरी नै जित हासिल गर्दै गए हामीलाई जित निकालिरहन धेरै समय लाग्दैन। हामी माथि उठ्न सक्छौं। यो राम्रो सन्देश पनि हो,’ प्रशिक्षक भगवतीले भनिन्।

नेपाली टिमकी कप्तान दीपा रोकाया। 
नेपालका लागि वर्षा ओलीले सर्वाधिक पाँच गोल गरिन्। नेपालले १० गोल गर्दा पहिलो खेलमै उनले चार गोल गरेकी थिइन्। बंगलादेशविरुद्धको खेलमा उनले नै निर्णायक गोल गरिन्। त्यस्तै, सुक्रिकया मियाले २ र सेनु परियारले पनि समान २–२ गोल गरे। अन्तिम खेलको एक गोल पनि सुशीला केसीले गरेकी थिइन्।

अन्तिम खेलमा साविक कप्तान दीपा रोकाया टिममा नपरेपछि नेपाली टिमको कप्तानी सुजताले गरेकी थिइन्। कप्तानी आर्मब्यान्डमा रहेकी उनले ३७औं मिनेटमा उत्कृष्ट बचाउ गरेकी थिइन्। 

नुस्रत जाहान मितुले बल नियन्त्रणमा लिएर दौडिरहेको अवस्थामा तामाङले अघि बढेर रोकेकी थिइन्। नुस्रनले अर्को मिनेटमा गरेको प्रहार भने पोस्टबाट बाहिरिएको थियो। त्यो खेलको दोस्रो हाफमा बल नेपालको पोस्ट नजिकै घुमिरह्यो। ५४औं मिनेटमा गोलको सामना गरे पनि सुजताले धेरै गोल बचाइन्। उनी प्रतियोगिताकै बेस्ट गोलकिपर घोषित भइन्।

यो प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो। वीर श्रेष्ठ सहिद सिपाही रंगशालामा भएको अर्को खेलमा नेपालले दोस्रो हाफमा गोल गर्दै बंगलादेशलाई १–० ले हराएको थियो। बंगलादेशलाई हराएपछि नेपाली टिमकी प्रशिक्षक भगवतीले दोस्रो हाफमा संगठित भएर खेल्दै जित निकालेको बताइन्। उनले भनेकी थिइन्, ‘पहिलो हाफमा हामीले राम्रोसँग खेल्न सकेनौं। तर दोस्रो हाफमा मिलाएर खेल्न सक्यौं।’

साफको पहिलो जितले नै नेपालललाई उत्साही बनाएको थियो। त्यसपछि बंगलादेशलाई जितेर नेपाल उपाधि नजिक पुगिसकेको थियो। जितका लागि धेरै संघर्ष गरेको सम्झँदै प्रशिक्षक भगवतीले नेपालको दिन राम्रो रहेको र बंगलादेशको पक्षमा लक नरहेको बताएकी  थिइन्।

तर प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले अपेक्षित प्रदर्शन गरेन। यद्यपि भुटानलाई १–० ले हराउँदै उसले ३ अंक भने सुरक्षित गर्न सक्यो। ‘तयारी कमै भए पनि चुनौती धेरै थिए। बंगलादेशसँगको खेलपछि हाम्रा खेलाडी धेरै चोटग्रस्त भएकाले भुटानसँग राम्रो खेल्न नसकेको हो। धेरै स्कोर गर्नेभन्दा पनि जित निकाल्नु ठूलो कुरा थियो,’ भगवती त्यो एक गोलको जितलाई बयान गर्छिन्।

नेपालका लागि वर्षा ओलीले सर्वाधिक पाँच गोल गरिन्। नेपालले १० गोल गर्दा पहिलो खेलमै उनले चार गोल गरेकी थिइन्। बंगलादेशविरुद्धको खेलमा उनले नै निर्णायक गोल गरिन्। त्यस्तै, सुक्रिकया मियाले २ र सेनु परियारले पनि समान २–२ गोल गरे। अन्तिम खेलको एक गोल पनि सुशीला केसीले गरेकी थिइन्।

पछिल्लो समय भुटानले फुटबलमा धेरै लगानी गरिरहेको छ। नेपालमै भएको सिनियर टिमको साफमा भुटानले पहिलो पटक जित निकाल्यो। १ भन्दा धेरै गोल गर्दै विभिन्न कीर्तिमान बनाएको थियो। ती उपलब्धि लगानीकै उपज थिए। भुटान त्यसलाई निरन्तरता दिने पक्षमा थियो तर साफमा नेपाल र बंगलादेशविरुद्ध जित निकाल्न  सकेन। तीन महिने अभ्यासले हुनुपर्छ, उसले नेपालसँग १ खेलमा १ गोल मात्र बेहोरेको।

भुटानका मुख्य प्रशिक्षक एनगावाङ यानचेनलाई प्रतियोगिताअघि लागेको थियो, आफ्ना खेलाडी उत्साही छन् र आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट नतिजा दिनेछन्।

आफूसहित तीन टिम नै उत्कृष्ट भएको दाबी गर्दै प्रशिक्षक यानचेले भनेकी थिइन्, ‘तीन टिम धेरै बलिया रहेका छन्। त्यसमा पनि भुटानको टिममा युवा र ऊर्जावान खेलाडी छन्। हाम्रो सबैभन्दा बलिया पक्ष नै डिफेन्स हो।’ भुटानी टिमले हरेक दिन डेढ घन्टे अभ्यास गरिरहेको थियो। तर भुटानको डिफेन्सलाई बंगलादेशले एक खेलमा ९–० को जितले ध्वस्त पारिदिएको थियो।

साफमा लक्ष्य ठूलो राखे पनि नेपालले चार साताको मात्र अभ्यास गरेको थियो भने बंगलादेशको अभ्यास चार महिनाको।

नेपाली टिमकी मुख्य प्रशिक्षक भगवतीले  प्रतियोगिताअघि बताएकी थिइन्, ‘हामी जोसँग पनि ‘फाइट’ गर्न तयार छौं। हामी जितका लागि संघर्ष गर्नेछौं र जित निकाल्ने आश गर्छौं।’

नेपाली कप्तान दीपा रोकायाले जस्तै सबै खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै थिए। प्रतियोगिताका लागि उत्साही रहेकी दीपाले भनेकी थिइन्, ‘अब नेपालले जित्नुपर्छ। पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको खुसीका साथ म अघिल्लो खेलमा जित निकाल्न चाहन्छु। हामी यहाँ जित्नकै लागि आएका हौं।’

दीपाले भनेजस्तै भयो। उनको कप्तानीमा नेपालले जित निकाल्यो तर उनले अन्तिम भने खेल्न पाइनन्। नेपालमा भएको सिनियर टिमको महिला साफमा नेपाललाई नै हराएर बंगलादेशले उपाधि जितेको थियो। ‘त्यसको बदला लिएको हो ?’ नेपाल फर्किएपछि प्रशिक्षक भगवतीलाई यो प्रश्न गरियो। उनले भनिन्, ‘बंगलादेशमा पनि मलाई यो प्रश्न सोधिएको थियो। मैले भनेकी थिएँ, ‘गो गुड रिभेन्ज रह्यो भनेर।’

प्रकाशित: Nov 13, 2022| 19:03 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।