आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एकै स्थानमा तीन उम्मेदवारले सभा गरेपछि...

झण्डै एक घण्टाको अवधीमा भएका तीन कार्यक्रमले रानी चोकमा भयको नै वातावरण सिर्जना गरेको थियो।
 |  शनिबार, कात्तिक २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

विराटनगर– विराटनगर–१७ को रानी चोकमा शुक्रबार दिउँसो एकै स्थानमा तीन उम्मेदवारले चुनावी सभा गरेका छन्। 

triton college

दिउँसो ३ बजे मोरङ क्षेत्र नं. ५ मा स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका योगेन्द्र मण्डल (जोगी)को कोणसभा शुरु भयो। उल्लेख्य समर्थकका माझ आफ्नो चुनावी एजेन्डा मण्डलले सुनाउँदै थिए। हरेक एजेण्डामा उनका समर्थकहरुको हुटिङले माहौल तताउँदै थियो। मण्डलले कोणसभालाई सम्बोधन गरी नसक्दै नेपाली कांग्रेसबाट ५ (ख)का उम्मेदवार अमृत अर्याल आइपुगे। अर्यालको आगमनसँगै कांग्रेस कार्यकर्ताले नाराबाजी शुरु गरे। कांग्रेसको नाराबाजीका कारण मण्डलको कार्यक्रम प्रभावित बन्यो। उनले मञ्च छाडे। 

५ दिन बिरामी परेर अस्पतालबाट डिस्चार्ज भएका कांग्रेस उम्मेदवार अर्याल विराटनगर १७ को सम्पर्क कार्यालय शुभारम्भसँगै चुनावी कार्यक्रमलाई सम्वोधन गर्न पहिलो पटक आएका थिए। समर्थकले उनलाई भव्य स्वागत गरे। अर्यालले बोली नसक्दै फेरि अर्को कार्यक्रम शुरु भयो स्वतन्त्र उम्मेदवार सलिम अन्सारीको कोण सभा। प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका अन्सारीले भाषण शुरु गरे। पटक–पटक निर्वाचित प्रतिनिधिसभाका उम्मेदवारले क्षेत्र नं. ५ को विकासमा काम नगरेको भन्दै चर्को भाषण शुरु गरेका उनले एकै छिनमा कांग्रेसका प्रदेश सभा उम्मेदवार अर्याल र स्वतन्त्र उम्मेदवार मण्डललाई नै चुनौति दिनेगरी चर्का भाषण शुरु गरे। उनको भाषणसँगै समर्थकको हुटिङ शुरु भयो। 

झण्डै एक घण्टाको अवधीमा भएका तीन कार्यक्रमले रानी चोकमा भयको नै वातावरण सिर्जना गरेको थियो। एकै प्रकृतिको कार्यक्रम एकै ठाउँमा राख्दा तनाव हुन सक्ने ठानेर प्रहरी तनावमा देखिन्थ्यो। सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरीको सहभागिता बाक्लो बनाइएको थियो। प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको कार्यक्रम पूर्व निर्धारित भएको बताइएको छ। मण्डलले भने, ‘विराटनगर १७ रानी चोकको कोणसभा आज भन्दा अघि नै तय थियो।’ सत्ता गठबन्धनका तर्फबाट सम्पर्क कार्यालयको स्थापना र अन्सारीको कार्यक्रम शुक्रबार तय भएको थियो। नेपाली कांग्रेसका स्थानीय नेता मोहम्वत फैयाजका अनुसार सम्पर्क कार्यालय स्थापना शुक्रबार तय भएर गरिएको कार्यक्रम हो। 

निर्वाचन आचार संहिता २०७९ को परिच्छेद ४ को १३ मा राजनीतिक दलले कोणसभा, आमसभा, बैठक तथा भेला गर्दा अनुशासित भएर गर्नुपर्ने र कसैको घरको नजिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तै स्थानीय प्रशासन, प्रहरीको अनुमनि लिएर २४ घण्टा अघि कोणसभा गर्ने मार्ग, स्थान र मितिका बारेमा जानकारी गराउनुपर्ने व्यवस्था भएपनि आचारसंहिता पालना नगरि तीन उम्मेदवारले कोणसभा गरेको पाइएको छ। लगातारका तीन कार्यक्रमका कारण एक अर्का उम्मेदवारको कार्यक्रममा वाधा पुगेको थियो।  

Metro Mart
vianet

कार्यक्रमबारे प्रहरीलाई जानकारी भएन
रानी चोकमा भएका तीनबाट कार्यक्रमबारे जानकारी नभएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। कोणसभाका कार्यक्रम भएपछि प्रहरीले सुरक्षा दिए पनि पूर्व जानकारी प्रहरीमा नआएको उनले बताए। उनले भने, ‘एकपछि अर्को कार्यक्रम एकै स्थानमा भए पनि हामीलाई जानकारी भएन।’ प्रहरीलाई कोणसभाका कार्यक्रमबारे जानकारी नै भएन। तर, तीनवटै कार्यक्रममा प्रहरीले सुरक्षा दिएको उनको भनाइ छ। 

एउटै वडामा २ वटा सम्पर्क कार्यालय
सत्ता गठबन्धनका तर्फबाट विराटनगर १७ मा दुईवटा सम्पर्क कार्यालय सञ्चालन गरिएको छ। एउटै वडामा दुईवटा सम्पर्क कार्यालय स्थापना गरिएको छ। क्षेत्र नं. ५ बाट तीनवटा भन्दा बढी कार्यालय स्थापना भएको कांग्रेस नेताहरुको भनाइ छ। 

निर्वाचन कार्यालयले प्रतिनिधिसभा तर्फका उम्मेदवारहरुका लागि एउटा निर्वाचन क्षेत्रमा बढीमा ३ वटा सम्पर्क कार्यालय खोल्न निर्देशन दिएको छ। कात्तिक ८ गते आयोगले जारी गरेको  ७ बुँदे निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य पदको उम्मेदवारले एउटा सम्पर्क कार्यालय खोल्न सक्नेछन्। 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने र कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न आयोगले निर्देशन दिएको छ।

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउन पनि निर्देशन दिइएपनि शुक्रबार शुभारम्भ गरिएको सम्पर्क कार्यालयबारे कतै जानकारी नभएको पाईएको छ। 

प्रकाशित: Nov 12, 2022| 15:40 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।