शुक्रबार, साउन १, २०८३

मेस्सीले सर्वाधिक गोल गरेका चार टिम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेन (एजेन्सी)-बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी विश्व फुटबलमा सबैभन्दा घातक गोल गर्ने खेलाडी मध्येका एक हुन्। यति मात्र हैन, उनले गोल गर्ने समय केही चमत्कारि क्षणको निर्माण समेत गरे।

जस्तोकी गेटाफेविरुद्ध १९ बर्षको उमेरमा उनले जब मध्ये रेखाबाट बल लिदै गोल गरे, तब उनको गोललाई म्याराडोना गोलको संज्ञा दिए। वा युसीएल सेमिफाइनलमा रियल मड्रिडविरुद्ध २०११ मा सान्टियागो बर्नबेउमा गरेको उनको दोस्रो गोल नै किन नहोस्।

अर्जन्टिनी सुपरस्टारले यति गोल गरे की हामीले गन्न बिर्सियौ। तर, चार टिम छन्। जसका विरुद्ध मेस्सीले सर्वाधिक गोल गरेका छन्।

४. एथलेटिको बिलबाओ

एथलेटिको बिलबाओ स्पेनिस लिगको शीर्ष टिम मध्येको एक हो। लिग र दुनियाँ भरको अन्य शीर्ष क्लब जस्तै। 
बार्साका कप्तान मेस्सीले बिलबाओविरुद्ध ३० खेल खेले। उनले ३० खेल खेल्दै २४ गोल गरे। बिलबाओविरुद्धको खेलमा उनको नाममा नौं असिस्ट रहेका छन्।

३. रियल मड्रिड

ला लिगामा रियल मड्रिडलाई बार्सिलोनाको सबैभन्दा ठुलो दुश्मन वा प्रतिद्धन्द्धीको रुपमा हेरीन्छ। मेस्सी जब रियलविरुद्ध मैदानमा उत्रिन्छन् तब रियल खेलाडीलाई निराशा पारी दिन्छन्। उनले रियलविरुद्ध ३७ खेल खेले। जहाँ उनले दुई ह्याट्रिक सहित २६ गोल गरे। १४ असिस्ट गरेका उनले २६ गोल मध्ये अधिकांस गोल सान्टियागो बर्नबेउमा गरेका थिए।

२. एथलेटिको मड्रिड

एथलेटिको मड्रिड मेस्सीका लागि खेल्नका लागि दोस्रो राम्रो टोली हो। एथलेटिकोविरुद्ध मेस्सीले ३२ खेल खेल्दा २८ गोल गरे। जहाँ उनले ह्याट्रिक र सुपर ह्याट्रिक समेत गरे। यति मात्र हैन एथलेटिको मड्रिडसँगका खेलमा उनी म्यान अफ दि म्याच समेत भए।

१. सेभिल्ला

लियोनल मेस्सी सेभिल्लाका लागि सबै भन्दा घातक साबित भएका छन्। उनले सेभिल्लाविरुद्ध ३२ खेले खेले। ३२ खेल खेलेका मेस्सीले ३१ गोल गरे। मेस्सीका लागि सेभिल्लाविरुद्ध यो केही पनि हैन। सेभिल्लाविरुद्ध उनीसँग सर्वश्रेष्ठ औसत गोल प्रतिशत छ। उनले अन्डालुसिया क्लबलाई आफ्नो मनपर्ने क्लब बनाउन १५ असिस्ट समेत गरे।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।