शुक्रबार, साउन १, २०८३

सिटी जानु सबैभन्दा उत्कृष्ट निर्णय : सिल्भा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- स्पेनिस राष्ट्रिय टिमका मिडफिल्डर डेभिड सिल्भाले आठ बर्ष अघि म्यानचेस्टर सिटी जानु जिवनकै सबैभन्दा उत्कृष्ट निर्णय भएको बताएका छन् ।

३२ बर्षीय सिल्भा आफ्नो २४ बर्षको उमेर हुँदा २०१० मा भ्यालेन्सियाबाट सिटीमा अनुबन्ध भएका थिए । किनकी अधिकांश स्पेनिस खेलाडीहरु बर्सिलोना वा रियल मड्रिडका लागि खेल्न रुचाउछन् । तर, उनको सिटी जाने निर्णयले जिवनको सहि निर्णय साबित भएको उनले बताएका छन् । 

‘सिटी मलाई चाहन्थो,’ सिल्भाले भने, ‘उनी डिसेम्वर देखि मलाई फोन गरिरहेका थिए । उनका लागि खेल्न आउनका लागि आग्रह गरिरहेका थिए । मैले सोचे, मलाई को चाहन्छ ? सिटी मलाई चाहन्छ त त्यहाँ म जाने छु ।’ उनले थपे, ‘फेरी म आफ्नो आमा बुबासँग बस्दै आएको थिए र आफ्नो ठाँउ छोड्दै अर्को ठाँउ जाने निर्णय गरेको थिए । जहाँ मेरो नयाँ जिवन जिउने समय थियो । तर, हाल थाहा भयो की मैले सहि कदम चालेको रहेछु ।’

 सिल्भाले सिटीलाई प्रिमियर लिग उपाधि जित्न तीन पटक महत्वपुर्ण भुमिका खेलेका थिए । तर, २०११ मा सिटीले एफए कप उपाधि जितेको थियो । जो अहिले सम्म उनको क्लबको हाइलाईट हो । एक पटक विश्वकप र दुई पटक युरोपियन च्याम्पियनसिप जितेका सिल्भाले यस सिजन प्रिमियर लिगका तीन खेल खेल्दै एक गोल गरि सकेका छन् । उनले क्लबबाट सात प्रमुख ट्रफि जितेका छन् । 

‘एक पटक जिते पछि तपाई फेरी जित्नका लागि उपयोग गर्नु हुन्छ । त्यो नराम्रो कुरा हैन्,’ उनले भने, ‘स्पेनिस राष्ट्रिय टिममा पनि यस्तै भएको छ । पहिलो उपाधि जित्नु एक खेल परिवर्तन थियो र हामीले जित हासिल गर्‍यौ । त्यसैले एफए कप एक सच्चा हाइलाइट हो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।