आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रचण्डले छाडेको चितवन-३ मा यस्तो छ प्रतिस्पर्धा

यता गत स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी दिएर चर्चामा आएका ‘भुँइकटहर समूह’का कांग्रेसी विद्रोही उम्मेदवार जगन्नाथ पौडेल पनि ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर मैदानमा छन्। उतिबेला गठबन्धनको चर्को विरोध गर्ने जगन्नाथ यतिबेला नरम छन्। बरु कोइराला पक्षसँग भने रुष्ट सुनिन्छन्।
 |  शनिबार, कात्तिक २६, २०७९
nespernesper

निशा श्रेष्ठ

निशा श्रेष्ठ

शनिबार, कात्तिक २६, २०७९

भरतपुर- चितवनको क्षेत्र नम्बर ३ निर्वाचनको सुरुवाती चरणबाटै चर्चामा रह्यो। यही निर्वाचन क्षेत्रबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितेर गएका थिए। आसन्न मंसिर ४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट उठ्ने व्यापक चर्चाका बीच उनी छाडेर गोरखा हानिए। आफू छाडेर गएपछि गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको यो क्षेत्रमा प्रचण्डले आफ्ना विश्वासपात्र डा. भोजराज अधिकारीलाई उम्मेदवारी सुम्पेका छन्। 

triton college

राजनीतिक पृष्ठभूमि नभएका चिकित्सक पेशामार्फत आम नागरिकसँग  जोडिएका डा. अधिकारी भरतपुर अस्पतालको अध्यक्ष पदबाट राजीनामा दिएर मूलधारको राजनीतिमा होमिएका छन्। डा. अधिकारी गठबन्धनका साझा उम्मेदवार भए पनि यो क्षेत्रमा कांग्रेसका दुई बागी उनको लागि चुनौतीका रुपमा खडा भएका छन्। चितवन–३ कांग्रेसको गढ भए पनि टिकट नदिएको भन्दै गठबन्धनको विरुद्धमा कांग्रेसकै केन्द्रीय सदस्य दाउमा लगाउँदै दिनेश कोइरालाले ‘माछा’ चुनाव चिन्ह सहित मैदानमा खडा छन्।

यता गत स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी दिएर चर्चामा आएका ‘भुँइकटहर समूह’का कांग्रेसी विद्रोही उम्मेदवार जगन्नाथ पौडेल पनि ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर मैदानमा छन्। उतिबेला गठबन्धनको चर्को विरोध गर्ने जगन्नाथ यतिबेला नरम छन्। बरु कोइराला पक्षसँग भने रुष्ट सुनिन्छन्। उनलाई स्थानीय चुनावताका साथ दिएका केही नेता–कार्यकर्ताले पनि साथ छाडेका छन्। मेयर पदमा प्रस्तावक रहेका कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थक मिना खरेल लगायतले उनको साथ छाडेर कोइरालालाई साथ दिन पुगेका छन्।

यता गत स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी दिएर चर्चामा आएका ‘भुँइकटहर समूह’का कांग्रेसी विद्रोही उम्मेदवार जगन्नाथ पौडेल पनि ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर मैदानमा छन्। उतिबेला गठबन्धनको चर्को विरोध गर्ने जगन्नाथ यतिबेला नरम छन्। बरु कोइराला पक्षसँग भने रुष्ट सुनिन्छन्।

चितवन ३ मा नेकपा एमालेको प्रतिनिधिसभा सदस्यमा आधिकारिक उम्मेदवार छैनन्। जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले मनोनयन दर्ता गराए पनि निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ताको अन्तिम समयसीमामा कांग्रेसका बागी कोइरालालाई समर्थन गर्दै स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षरसहितको पत्रमार्फत न्यौपानेको उम्मेदवारी फिर्ता लिए। यस अर्थमा कोइरालाको ‘माछा’ लाई एमालेको साथ छ। यद्यपि एमाले नेता कार्यकर्ताले कोइरालालाई पूर्ण साथ दिनेमा भने शंका नै छ। न्यौपाने समूह उम्मेदवारी फिर्ता हुँदा असन्तुष्ट थिए। चितवन ३ मा कांग्रेसभित्रको किचलो र एमालेको आधिकारीक ‘सूर्य’ चुनाव चिन्ह नहुँदा त्यसको फाइदा राप्रपाका विक्रम पाण्डेले लिने सम्भावना पनि उत्तिकै देखिन्छ।

गएको २०७४ को निर्वाचनमा कांग्रेसको सहयोगमा  उम्मेदवारी दिएका पाण्डे बाम गठबन्धनका उम्मेदवार ‘प्रचण्ड’ सँग पराजय भएका थिए। प्रचण्डले पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरेर सांसद बने। एमालेको साथ पाएका प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा कांग्रेसको समर्थनमा उठेका पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए। निर्माण व्यवसाय क्षेत्रबाट चिनिएका पाण्डे चितवन ३ को लागि चिरपरिचित अनुहार नै हुन्। उनी पटक–पटक गरी अहिलेसम्म पाँचौं पटक संसदीय निर्वाचनमा होमिएका छन्। यो बीचमा उनले २०७० सालको संविधानसभा निर्वाचनमा एकपटक जित निकालेर मन्त्री पनि बनेका थिए।

Metro Mart
vianet

तुलनात्मक रुपमा अन्य ‘फ्रेस’ अनुहार भन्दा पटकपटक चुनावमा होमिएका पाण्डे राजनीतक चलखेलमा अनुभवी र पाका उम्मेदवार भएकाले  अघिल्लो निर्वाचन भन्दा यसपालि उनलाई सहज पनि देखिन्छ। पाण्डे यसपटक कांग्रेसभित्रको असन्तुष्ट मत र एमालेको मत पनि आफूतिर तान्ने दाउमा छन्। तर उनले कति मत ‘ट्रान्सफर’ गर्छन्, त्यसले नै उनको जित तय गर्छ। यो क्षेत्रमा मुख्यगरी बागी कोइराला, गठबन्धनका साझा उम्मेदवार अधिकारी र राप्रपाका पाण्डेबीच त्रिपक्षीय भिडन्त हुनेछ। यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्छन्।

यहाँ चितवनका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ लाख ४४ हजार २८३ जना मतदाता रहेका छन्। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट माओवादीकी रेनु दाहाल र राप्रपासँगको तालमेलबाट माडी नगरपालिका प्रमुखमा एमालेकी ताराकाजी कुमारी महतो निर्वाचित भएकी थिइन्। उक्त निर्वाचनमा गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारहरूले ४५ हजार १७२, एमालेका उम्मेदवारले ३० हजार ६०९ र राप्रपाका उम्मेदवारले ७ हजार ४५४ मत पाएका थिए। 

मतदाता तितरबितर 
चितवन ३ मा शिर्ष दल नेकपा एमाले र कांग्रेसको मत यसपालि धेरैतिर बाँडिने सम्भावना देखिन्छ। फिल्ड रिपोर्टिङका क्रममा भेटिएका कतिपय मतदाता दोधारे मनस्थितिमा देखिए भने कतिपय भने पार्टी भन्दा पनि मनखुशीले मत हाल्ने सुरसारमा छन्। भरतपुर महानगरपालिका संसारी टोलका एक युवा मतदाता अविनाश लामा कसलाई भोट हाल्नेमा अझै अन्योलमा छन्। परिवार गठबन्धनको समर्थक भए पनि उनको ध्याउन्न अन्तै छ। ‘खै अहिलेसम्म सोचिसकेको छैन, जसलाई दिए पनि हुने केही हैन। व्यक्ति हेरेर भोट दिने हो,’ उनले सुनाए। सोही टोलमा भेटिएका भिमप्रसाद पौडेलको भने मनस्थिति बदलिएको छ। २०७० सालयता कांग्रेसलाई भोट दिने गरेको भए पनि अहिलेको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नहुँदा पाण्डेलाई भोट दिने निर्णय गरेको उनले सुनाए। 

‘सिङ्गल सिङ्गल लडेको भए नेपाली कांग्रेसलाई भोट दिने मान्छे हो। कांग्रेसको चिन्ह नै छैन। अरु बागी उम्मेदवारलाई किन भोट हाल्ने,’ उनले भने, ‘बरु विक्रम पाण्डेलाई भोट हाल्यो भने केही गरिदिन्छन् कि। अरु त त्यस्तै हो बाटोघाटो बनाइदिन्छन् कि भन्ने हो।’ यति भनिरहँदा उनी उम्मेदवारहरुले ल्याउने एजेन्डा पूरा हुनेमा भने उनीहरु विश्वस्त छैनन्।  ‘एजेन्डा नराम्रा छैनन् तर पूरा हुँदैनन्,’ उनले गुनासो गर्दै भने,‘माओवादीका अध्यक्ष प्रचण्डले पनि जितेरै जानुभएको हो, खै केही गर्नुभएन। सुशील कोइराला नराम्रो नेता हैन नि, उहाँलाई जिताएरै पठाएको। चितवन छाडेर बर्दिया जानुभयो। पछि निर्वाचन हुँदा रामकृष्ण घिमिरेले जितेपछि फर्केर आएनन्।’ 

उनीसँगै बसेका अर्का प्रेमबहादुर बिक पनि दिक्क सुनिए। ‘हामीले भोट लगाउने जिताएर फूलमाला लगाएर पठाउने मात्रै काम भयो,’ उनी भन्छन्। माओवादीका क्रियाशील सदस्य उनले भोट गठबन्धनका उम्मेदवारलाई नै दिने सुनाए। संसारी टोलमा चुनावी गफ गर्दै बसेका उनीहरुले कोरोनाको विषम परिस्थति सम्झिए। एकजना नेता पनि फर्केर नआएको दुखेसो पोखे। 

भरतपुर ८ का सामाजिक अभियन्ता समेत रहेका ६४ वर्षीय भवानीप्रसाद पन्त पञ्चायतकालमा युवा पञ्च हुँदै बहुदल आएपछि कम्युनिष्ट नेता जागृतप्रसाद भेटवालको विचारले प्रभावित भएर एमाले पार्टीमा प्रतिबद्ध भएर लागे। आफ्नो पार्टीको चुनाव चिन्ह नभएकाले अनुभवी नेता खोज्दा हलोमा भोट हाल्ने मनोविज्ञान बनिरहेको उनले सुनाए। उनी आफैं पाण्डेलाई सघाउन आह्वान गरिराखेको सुनाउँछन्। ‘म आफैं ३४–३५ सालदेखि सामाजिक क्रियाकलाप, स्कुल, बाटोघाटो, बिजुली, पानी सारा कुरामा हिँडिराखेको हुँदा विक्रम पाण्डेले पहिला ठेक्कापट्टमा भए पनि राजनीतिमा आएपछि सर्वसाधारणका समस्या सल्टाउन आएको कुरा सुन्नमा आएअनुसार यो क्षेत्रसँग जानपहिचान भएकाले पनि हाम्रो कुरा सुन्न जतिखेर पनि उपस्थित हुने भएकाले अरुलाई पनि आह्वान गरिराखको छु,’ उनले भने।

भरतपुर ६ कि मतदाता सरस्वती बिकको भने आफ्नै विश्लेषण छ। ‘माडीमा पाण्डेको राम्रो भए पनि पश्चिम चितवन हाम्रोतिर त माओवादी कि कांग्रेस त हो नि,’ उनले सुनाइन्। भरतपुर ८ को सुकुम्बासी बस्तीका रामबहादुर विश्वकर्मा भने अलमलमा छन्। ७५ वर्षीय  विश्वकर्मा तनहुँबाट झरेको ५० वर्ष भइसक्यो। यो बीचमा उनले थुप्रै पटक मतदान गरिसके। कैयौं नेताहलाई जिताएर पनि पठाए। मतमार्फत चुनेर पठाएका प्रतिनिधिले जनताको दुःख पीडा बुझ्छन् भन्ने उनलाई लाग्दैन। ‘खै पढेकाले पनि जागिर पाउँदैनन्। मेरो नातिनी १४ पढेर पनि जागिर नपाएपछि १४ लाख ऋण गरेर जापान गई। दुई जना म्यादी पुलिसमा गएका छन्,’ उनले भने। 

उनलाई लालपुर्जाको आश्वासन पनि पटकपटक दिइँदै आएको छ। तर पाउने आश उनीसँग छैन। घरमा सबैजनाको १० जनाको भोट भए पनि अहिलेसम्म कसलाई भोट हाल्ने भन्ने यकिन नभएको उनले सुनाए। ‘चुनावको अघिल्लो दिनमा भोट किन्न आउँछन्। भोजभतेर खान बोलाउँछन्। हामीलाई त्यस्तो कुराले के हुन्छ? लालपुर्जा पाइने होइन,’ उनले रोष प्रकट गर्दै भने। भरतपुर ६ गितानगर चोकको एक चौतारीमा गठबन्धन समर्थक ६८ वर्षीय नरबहादुर कुँवर ‘हँसिया हथौडा’ र ‘हलो’ बीच प्रतिस्पर्धा हुने अनुमान गरिरहेका थिए। आफ्नै घरछेउका उम्मेदवार भएकाले बागी कोइरालालाई भोट दिने सोही समूहका रोमबहादुर खनालले। ‘जिते पनि नजिते पनि म त दिनेशलाई नै भोट दिन्छु तर सबैको आ–आफ्नै पार्टीभित्र कलह हुँदा कसको मत कता जाने भन्न नसकिने रहेछ,’ उनले सुनाए। 

प्रकाशित: Nov 12, 2022| 16:13 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।