आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • इलाम-२ : नेम्बाङ, खड्का र पालुङ्वाबीच त्रिकोणात्मक प्रतिस्पर्धा

Siddartha premir insuranceSiddartha premir insurance

इलाम-२ : नेम्बाङ, खड्का र पालुङ्वाबीच त्रिकोणात्मक प्रतिस्पर्धा

इलाम क्षेत्र–२ मा उम्मेदवारी दिएका नेम्बाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का समाजसेवीका रूपमा परिचित छन्। दुवै उम्मेदवारले आफ्नो जित निश्चित भएको बताउँछन्।
 |  बिहीबार, कात्तिक २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

मंगलबारे– नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले इलाम क्षेत्र–२ बाट ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। उनी पाँचौं पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्।

triton college

नेम्बाङले २०५६ देखि लगातार चुनाव जित्दै आएकामा गत निर्वाचनमा वाम गठबन्धनको सहयोगमा कांग्रेस उम्मेदवार केशव थापालाई करिब साढे ९ हजार मतान्तरले पराजित गरेका थिए।

गत स्थानीय तह निर्वाचनमा इलाम क्षेत्र–२ मा वडाध्यक्षको मत एमालेभन्दा कांग्रेसको बढी देखिन्छ। त्यसमा सरकारमा रहेका गठबन्धन दलको मतसमेत थपिन सक्छ। उक्त चुनावमा वडाध्यक्षले पाएको मत ३२ हजार ९७८ कांग्रेस पक्षको हुँदा एमालेसँग ३२ हजार ५२७ छ। नेकपा माओवादी केन्द्रको २ हजार ७१७, जसपाको ५५४, एकीकृत समाजवादीको २७७ र राप्रपाको १३० मत छ।

नेम्बाङसँग सत्तारुढ गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का प्रतिस्पर्धी रहेका छन्। नेम्बाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने खड्का गरिब र विपन्नलाई आर्थिक सहयोग गर्ने समाजसेवीका रूपमा परिचित छन्। खड्का प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पहिलो पटक चुनाव लड्दै छन्।

इलाम क्षेत्र–२ मा उम्मेदवारी दिएका नेम्बाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का समाजसेवीका रूपमा परिचित छन्। दुवै उम्मेदवारले आफ्नो जित निश्चित भएको बताउँछन्।

नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा थालेका खड्का नेविसंघ केन्द्रीय उपाध्यक्ष, जिल्ला कोषाध्यक्ष हुँदै जिल्ला सभापति बने। यसअघि २०७४ को चुनावमा इलाम क्षेत्र–२ कै ‘क’बाट प्रदेशसभामा प्रतिस्पर्धी बनेका उनी मुख्य प्रतिस्पर्धीसँग पराजित भएका थिए। एमालेका राम रानासँग पराजित खड्काले यस पटक प्रतिनिधिसभामा विजय हासिल गर्ने जिकिर गर्दै आएका छन्। यो क्षेत्रको प्रदेशसभा– १ मा कांग्रेस र २ मा माओवादी केन्द्रबाट उम्मेदवार रहेका छन्।

Metro Mart
vianet

कानुन व्यवसायी, मन्त्री, सभामुख र संविधानसभा अध्यक्ष भएका नेम्बाङले गत निर्वाचनमा ३६ हजार ५१७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार केशव थापाले २६ हजार ८६५ मत प्राप्त गरेका थिए। उनले विद्युत्, सडक, स्वास्थ्य, शिक्षालगायतलाई एजेन्डा बनाएर मत मागिरहेका छन्।

नेम्बाङको निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक देउमाई नगरपालिका, माई नगरपालिकाको वडा–६, ७ र ८ सहित चुलाचुली, माङ्सेबुङ र फाकफोथुम गाउँपालिका पर्दछ।

यसै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा (केपी) ले समेत उम्मेदवारी दिएका छन्। सोही निर्वाचन क्षेत्रमा रहेको माङ्सेबुङ गाउँपालिकामा किराँत धर्मगुरुको बसोबास छ। 

इलाम क्षेत्र–२ मा १ लाख १५ हजार ५३५ मतदाता छन्। यीमध्ये ५८ हजार ७८४ महिला, ५६ हजार ५५६ पुरुष र अन्य दुई छन्।

अबको निर्वाचनमा विकासप्रेमी नेतालाई मत दिने स्थानीय टेकराज पौडेल बताउँछन्। पहिलो पटक प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा मत दिन लागेका उनी जनप्रतिनिधिले जनताको आवाज सुन्न सक्नुपर्ने ठान्छन्।

निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धी छन्। प्रदेशसभातर्फ क्षेत्र–२ को (१) मा र २ मा १ स्वतन्त्रसहित आठ उम्मेदवार छन् । जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, कांग्रेस बिपी, जसपा एवं स्वतन्त्र उम्मेदवारले समेत मनोनयन दर्ता गराएका छन्। एमालेसँग चुनावमा तालमेल गरेको जनता समाजवादी पार्टीका तर्फबाट समेत इलाममा मनोनयन दर्ता भएको छ।

प्रकाशित: Nov 10, 2022| 16:47 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।