शुक्रबार, साउन १, २०८३

साफ च्याम्पियनसिप: नेपालले माल्दिभ्सविरुद्ध गोल फर्काउला? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साफ सुजुकी च्याम्पियनसिपको नकआउट चरणको खेलको पहिलो हाफमा नेपाल माल्दिभ्सविरुद्ध १-० ले पछि परेको छ। बंगलादेशमा जारी १२ औं साफको नकआउट चरणको पहिलो हाफमा माल्दिभ्सविरुद्ध खेलको नवौं मिनेटमा नेपाल पछि परेको हो। 

बंगबन्दु नेश्नल स्टेडियममा जारी खेलमा नेपालका फरवाडर विमल घर्तिमगरले फाउल गरे पछि माल्दिभ्सले फ्रि-किक पाएको थियो। डि-बक्सको एक याड बाहिरबाट पाएको फ्रि-किकलाई माल्दिभ्सका अक्रम अब्दुल घानेले सुन्दर गोलमा परिणत गरेका थिए। 

सुरुवाती समय देखिनै माल्दिभ्समाथि नेपालले पकड जमाए पनि कुनै गोल गर्न सकेका छैन्। २७ औं मिनेटको खेल खेलि सक्दा नेपाले केहि सुन्दर गोल गर्ने अवसर पाएको थियो । तर, सोहि अवसरलाई गोलमा परिण गर्न भने सकेको छैन्। 

नेपालले आफ्नै गल्तीका कारण सुरुवाती समयमा नै गोल खान पुगेको थियो। दोस्रो हाफ केही बेरमा शुरु हुने छ। अहिले सम्म माल्दिभ्सविरुद्ध १५ खेल्दा नेपालले सात खेल गुमाएको छ भने चार खेलमा जित र चार खेल बराबरी खेलेको छ। पहलो हाफमा १-० ले पछि परेको स्थीतलिाई उल्टाउदै के नेपालले गोल गर्ला?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।