आइतबार, कात्तिक ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भोजपुर (क) मा 'टेस्टेड' राजेन्द्रमाथि भारी पर्लान् हरि?

हरि एमालेका तर्फबाट उम्मेदवार बन्दा राजेन्द्र नेकपा एसबाट उम्मेदवार बनेका छन्। राजेन्द्रलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत समर्थन छ।
 |  बुधबार, कात्तिक २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

भोजपुर– भोजपुर प्रदेशसभा ‘क’ मा नेकपा एमालेका केन्द्रीय सदस्य हरिबहादुर राई र नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई प्रतिस्पर्धामा छन्। लामो समय एउटै पार्टीबाट राजनीति गरेका दुवै नेता अहिले भने फरक पार्टीमा छन्। हरि एमालेका तर्फबाट उम्मेदवार बन्दा राजेन्द्र नेकपा एसबाट उम्मेदवार बनेका छन्। राजेन्द्रलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत समर्थन छ। 

triton college

हरि र राजेन्द्र एमालेमा रहँदा एउटै समूहमा थिए। दुवै नेता माधवकुमार नेपाल समूहमा क्रियाशील थिए। तर, नेपालले एमाले विभाजन गरेपछि भने उनीहरुको समूह मात्रै होइन, पार्टी पनि अलग हुन पुग्यो। हरि एमालेमै रहे। राजेन्द्रले नेपाललाई साथ दिए। फलस्वरुप उनी नेकपा एसको केन्द्रीय सदस्य बने। र, मुख्यमन्त्री समेत बन्ने अवसर पाए।

को हुन् हरि?
चार दशकअघि विद्यार्थी राजनीतिमा प्रवेश गरेपछि नेकपा एमालेमा निरन्तर सक्रिय नेता हुन् टेम्केमैयुङ गाउँपालिका–५ खावाका हरिबहादुर राई। सादा जीवन, नम्र बोली र विकासे एजेण्डालाई उठाइरहने उनी भोजपुरमा सबै पार्टीका साझा नेताका रुपमा चिनिन्छन् । 

उनले उर्जाशिल जीवनकाल पार्टीको निर्माण र समाज परिवर्तनमा समर्पित गरे । विद्यार्थी राजनीति, युवासंघ हुँदै पार्टीको केन्द्रीय कमिटीमा रहेका उनले उमेर र पुस्ता अनुसारका जनताको एजेण्डालाई अघि सारेका छन्। हरिले समृद्धि, विकास र स्थिरतालाई प्राथमिकता दिएका छन् । 

उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालिकाको लागि संकल्प प्रस्तुत गरिरहेका छन्। उनले समृद्ध षडानन्द, समृद्ध साल्पासिलिछो, समृद्ध टेम्केमैयुङ र अरुणका लागि ऊर्जा, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटनलगायतका क्षेत्रमा गर्ने कामलाई एजेण्डा बनाएका छन्। उनले चुनावी नाराका रुपमा मात्रै सीमित नराखेर विकासे रोडम्यापको रुपमा अगाडि सारेका छन् । उनी जनताको प्रतिनिधि बन्न चुनावी मैदानमा पहिलो पटक उत्रिएका छन्। 

Metro Mart
vianet

हाल एमालेको केन्द्रीय सदस्य एवं भोजपुर जिल्ला इन्चार्ज रहेका उनले २०३९ सालदेखि विद्यार्थी राजनीति सुरू गरेका थिए। २०४० सालमा अनेरास्ववियू एकता पाँचौंको सदस्यता लिए। २०४२ मा अनेरास्ववियू प्रारम्भिक कमिटी, २०४७ माघमा नेकपा एमाले गाउँ कमिटीको उपसचिव भए। २०४९ सालमा एमाले जिल्ला कमिटी सदस्य बनेका राई २०५४ मा जिविस भोजपुरको सदस्य निर्वाचित भए। २०६५ देखि २०६८ मा एमाले भोजपुरको उपसचिव भएका उनी १४ वर्षसम्म युवा संघको केन्द्रीय नेतृत्वमा रहे। राई एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक सदस्यमा निर्वाचत भए। २०६६ सालमा युवा संघको लहान महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बनेका राई युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापति बनेका थिए। 

को हुन् राजेन्द्र?
राजेन्द्र पनि विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। भोजपुरको षडानन्द नगरपालिका झ्याउँपोखरीका राई आरआर क्याम्पस काठमाडौंमा अनेरास्ववियुको सदस्य बनेका थिए। त्यसपछि २०४९ सालमा सभापति भए। अनेरास्ववियुको महासचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पनि सम्हाले।

राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि भएको विद्यार्थी आन्दोलनबाट राई चर्चित बनेका हुन्। उनी अघिल्लो निर्वाचनमा प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका थिए। त्यो बेला उनी एमालेमा थिए। 

प्रकाशित: Nov 09, 2022| 14:34 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।